Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयर बजारमा पुन : पहिरो

सेयर बजारमा पुन : पहिरो


काठमाडौं । सेयर बजारमा पुरन पहिरो गएको छ । अघिल्लो दिन तीन दशमलव ६१ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन मंगलबार पुन तीन दशमलव ६१ अंकले ओरालो लागेर दुई हजार १९ दशमलव ९३ बिन्दुमा खुम्चिएको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य सात अंकले घटेर तीन सय ८१ दशमलव ९४ बिन्दुमा खुम्चिएको छ । यसदिन १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ६२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसअन्तर्गत २८ हजार छ सय ८४ पटकको कारोबारमा ३९ लाख ४६ हजार २४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार पाँच सय १५ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोबार भएको कुल उपसमुहहरु मध्ये चार वटा उपसमुहहरुको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया