Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार१९ सय ३८ बिन्दुमा खुम्चियो सेयर बजार

१९ सय ३८ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । साताको सुरुवाती कारोबार दिन आईतबार नै सेयर बजार परिससुचक ओरालो लागेको छ । यसदिन बजार परिसुचक ३० दशमलव ७७ अंकले ओरालो लागेर १९ सय ३८ दशमलव २५ बिन्दुमा खुम्चिएको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८६ अंकले ओरालो लागेर तीन सय ६८ दशमलव ७० बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ५९ वटा कम्पनीहरुको ३० हजार नौं सय तीन पटक सेयर किनबेच भएको छ । जसबाट ३८ लाख ३२ हजार चार सय ५९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ३९ करोड २३ लाख ५४ हजार आठ सय ९३ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक रातै भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया