Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारबजार परिसुचक १९ सय ७५ बिन्दुमा

बजार परिसुचक १९ सय ७५ बिन्दुमा


काठमाडौं, सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक २६ दशमलव ८० अंकले ओरालो लागेर १९ सय ७५ दशमलव ८९ बिन्दुमा खुम्चिएको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५५ अंकले ओरालो लागेर तीन सय ७३ दशमलव ९५ बिन्दुमा खुम्चिएको छ ।

आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय ६० वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ३६ हजार दुई सय ८० पटकको कारोबारमा ४७ लाख ७२ हजार एक सय ४० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार पाँच सय १० रुपैंयाँ पुगेको छ ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक रातै भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया