Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषबागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु


बाग्लुङ, मंसिर १८
गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । बागलुङ बडीगाड– ७ को कोप्चेमा मंगलरबार भएको दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । त्यस्तै एक जना भने बेपत्ता भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकाशं गुल्मीको इस्मा गाउँपालिकाका रहेको प्रहरीले जनाएको छ ।

इस्मा गाउँपालिका–५ का २६ वर्षीय सवारीचालक रेशम थापा, सोही वडाको दोबाट बस्ने ४० वर्षीया बसुन्धरा कार्की, ढाडुङा बस्ने माया थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । त्यस्तै नवलपरासी जिल्ला बर्दघाट– २ बस्ने ६० वर्षीया भुमा कार्की, बागलुङ बडीगाड ७ बस्ने ५५ वर्षीया नरमाया खत्री, गुल्मी जिल्ला इस्मा गाउँपालिका–४ दोहोली बस्ने ४० वर्षीया सीता कार्की, इस्मा–४ का ६५ वर्षीया झवी कार्कीको मृत्यु भएको छ ।

त्यस्तै इस्मा गाउँपालिका–४ दोहोलीका ४५ वर्षीया भूमी कार्की, २५ वर्षीया मीना बस्नेत र ६५ वर्षीय धनबहादुर कार्की को पहिचान खुलेको छ । घाइते हुनेमा नवलपरासी बर्दघाट– २ का १८ वर्षीय जीवन कार्की, इस्मा गापा–४ का ८ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसी रहेको प्रहरीले जनाएको छ भने इस्मा गाउँपालिका–४ दोहोलीका ६५ वर्षीय धनबहादुर कार्की बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँं ल्याइएको प्रहरीले जनाएको छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका बायोखोलामा दिवाली पूजाको लागि हिँडेको ग १ ज ५२१९ नं को जीप दुर्घटनामा परेको हो । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : बिशेष

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x