Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाएसआई युकेले ‘युके एजुकेसन फेयर’ गर्ने

एसआई युकेले ‘युके एजुकेसन फेयर’ गर्ने


काठमाडौं । उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको एसआई युकेले देशका विभिन्न सहरमा ‘युके एजुकेसन फेयर’ सञ्चालन गर्ने भएको छ ।

सो संस्थाले हालै राजधानीमा पत्रकार सम्मेलनको गरी फेब्रअरी ३ देखि ९ तारिखसम्म देशका प्रमुख सहरहरूमा युके एजुकेसन फेयर गर्ने एसआई युकेले जानकारी दिएको हो । युकेको विश्वविद्यालयहरूको भौतिक शैक्षिक वातावरण, पूर्वाधार, शैक्षिकस्तर, फि स्ट्रक्चर, छात्रवृत्तिलगायत बेलायतको नियम कानुनसम्बन्धी जानकारी दिन एजुकेसन फेयर सञ्चालन गर्न लागिएको एसआई युकेका कन्ट्री डाइरेक्टर विनय अधिकारीले जानकारी दिए । फेयरमा युकेका ३५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने र उनीहरूसँग विद्यार्थीले प्रत्यक्ष परामर्श लिन सक्ने अधिकारीले बताए । उनले भने, ‘पछिल्लो समय युके सरकारले ल्याएको नीतिले विद्यार्थीहरूलाई कुनै फरक पार्दैन, बजारमा प्रचार भइरहेको जस्तो अध्ययन अनुसन्धान गर्न जानेको हकमा कुनै समस्या छैन तर ब्याचलर र मास्टर्स प्रोग्राममा जान चाहनेले डिपेन्डेन्ट लान पाउने छैनन् ।’ युके पढ्नकै जाने विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य रहेको पनि उनले बताए ।

निर्देशक अधिकारीले सिप सिकेर गएका विद्यार्थीहरूले गएको केही दिनमै काम पाएको र पढाइको बीचमा पनि हप्ताको २० घण्टा काम गर्न अनुमति भएकाले कुनै समस्या नआएको बताए । उनले विद्यार्थीलाई सिप सिकेर मात्रै विदेश अध्ययनमा जान जोड दिए । त्यस्तै, एसआई युकेका कन्ट्री मेनेजर नन्दन सिंहले शैक्षिक मेलाको महत्व र आवश्यकतासम्बन्धी जानकारी गराए भने सिनियर कन्सल्टेन्ट नितेश खतिवडाले युके एजुकेसन फेयर २०२४ लाई सफल बनाउन आग्रह गरे । यस्तै, शैक्षिक मेलाको तयारीको विषयमा केन्द्रित रहँदै एसआई युके नेपालका आईटी अफिसर सोयल आलमले प्राविधिकरूपमा फेयरको तयारी पूरा भएको जानकारी दिए ।

एजुकेसन फेयर एसआई युकेको पुतलीसडकस्थित केन्द्रीय कार्यालय काठमाडौंमा फेब्रअरी ३ मा हुनेछ भने पोखरामा ५ तारिख, बुटवल ७ तारिख र चितवनमा ९ तारिखका दिन हुने फेयरमा युकेका ख्यातीप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया