Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुलेएनसेलसँग जोडीएका भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्ति !

एनसेलसँग जोडीएका भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्ति !


राज्यको कर छली प्रकरणमा मुछिएको संस्था एनसेलमा कार्यरत कर्मचारीलाई सरकारले राज्यको महत्वपूर्ण ठाउँमा नियुक्ती गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेका थियो । एनसेल घोटालामा छानवीन गर्न आलटाँल गरिरहेको सरकारले उनलाई उक्त ठाउँमा नियुक्ति दिनुले सरकारको पनि त्यसमा भित्री रुपमा मिलेमहतो रहन सक्ने ठम्याईलाई बल पुगेको छ । भण्डारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका आईसीटीविज्ञ भएका छन् । प्राधिकरणका यसअघिका अध्यक्ष पुरुषोत्तम खनालले गएको पुस २४ गते राजीनामा दिएका थिए । करिब सात महिना मात्र कार्यकाल बाँकी रहँदा उनले राजीनामा दिएका थिए ।

त्यति बेलै सञ्चारमन्त्रीका आईसीटी सल्लाहकारलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्न खनालमाथि सरकारले नै दबाब बढाएको टीकाटिप्पणी थियो । खनालको राजीनामापछि नवराज खनाल प्राधिकरणको कार्यवाहक अध्यक्ष बनेका थिए ।

गएको माग १४ गते सञ्चार मन्त्रालयअन्तर्गतको समितिले अध्यक्ष पदका निम्ति आवेदन खुलाएको थियो । माघ २५ गते मन्त्रालयले सार्वजनिक गरेको आवेदकको सूचीमा सञ्चारमन्त्रीका आईसीटी सल्लाहकार भण्डारीसहित २५ जनाको नाम थियो ।

मन्त्रालयले फागुन ३ देखि ५ गतेसम्म २५ जनालाई नै कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका निम्ति बोलायो । भण्डारीको पालो फागुन ५ गते थियो । त्यसको दोस्रो दिन फागुन ६ गतेको मन्त्रिपरिषद्को बैठकबाट उनलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरिएको हो । भण्डारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका आईसीटीविज्ञ हुन् ।


क्याटेगोरी : सुलसुले


तपाईको प्रतिक्रिया