Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीपेप्सोडेन्ट नेपालको दन्त स्वास्थ्य जागरूकता कार्यक्रम

पेप्सोडेन्ट नेपालको दन्त स्वास्थ्य जागरूकता कार्यक्रम


काठमाडौं । पेप्सोडेन्ट नेपालले नेपाल डेन्टल एसोसिएसनसँगको साझेदारीमा दन्त स्वास्थ्य जागरूकता कार्यक्रम सञ्चालन गरेको छ । विश्व मौखिक स्वास्थ्य दिवसको अवसरमा सो कार्यक्रम सञ्चालन गरिएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका १५ स्थानहरूमा आयोजित यस कार्यक्रमले तीन हजार पाँच सय सहभागीहरूलाई दन्त तथा मौखिक स्वास्थ्यसम्बन्धी शिक्षा प्रदान गरिएको थियो । यस कार्यक्रमले सहभागीहरूलाई आकर्षक क्रियाकलापहरूमा संग्लग्न गराई उनीहरूमा पेप्सोडेन्ट ब्रान्डको सकारात्मक प्रभाव पारेको थियो । पेप्सोडेन्ट नेपालले यस वर्षको विश्व मौखिक स्वास्थ्य दिवस २०२४ का लागि विभिन्न समुदायहरूमा मौखिक स्वास्थ्य र स्वच्छतालाई प्रवर्द्धन गर्नका लागि मार्च महिनाभर विभिन्न गतिविधिहरू सम्पन्न गरेको घोषणा गरेको थियो । यसअनुसार स्वस्थ जीवनका लागि आवश्यक विभिन्न उत्पादनहरू प्रदान गर्दै शैक्षिक अभियानद्वारा व्यक्तिगतरूपमा सबैलाई स्वस्थ मुस्कान र दाँतमा असर गर्ने किटाणुविरुद्ध लड्ने चेतना पुर्याएको ब्रान्डले दाबी गरेको छ ।

ब्रान्डले ‘एक एक पाइला’सँगको सहकार्यमा नेपालका दुर्गम भेगहरूमा एक हजार छ सय जनालाई निःशुल्क चिकित्सा सेवा र मौखिक स्वास्थ्यसम्बन्धी शिक्षा प्रदान गरेको थियो । साथै, कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको सहयोगले इन्द्रेश्वर माध्यमिक विद्यालयमा तीन सय ४३ जनालाई निःशुल्क डेन्टल स्क्रीनिङ सेवा प्रदान गरिएको थियो । साथै, पेप्सोडेन्ट नेपालले ‘किप ब्रसिङ एन्ड किप स्माइलिङ’ नामक डिजिटल अभियान सुरु गरेको थियो । यस अभियानलाई सामाजिक सञ्जालका १२ इन्फ्लुएन्सरहरूको सहकार्यमा पनि प्रवर्द्धन गरिएको थियो । यस डिजिटल अभियानले ३८ लाख रिच र ६२ लाख इम्प्रेसन हासिल गरेको बताइएको छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया