Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाली सेनाको संख्या कटौती नेपालको विघटन !

नेपाली सेनाको संख्या कटौती नेपालको विघटन !


काठमाडौं । नेपाली सेनाको संख्या घटाउनुपर्छ भन्ने जस्तो राष्ट्रघाती अभिव्यक्ति रास्वपाका सांसद स्वर्णीम वाग्ले र एमाले सांसद विमला राई पौडेलजस्ता अहिलेका नेताहरूले दिइरहेका छन् । यो पहिलो घटना भने होइन, नेपाली कांग्रेसले २००७ सालमा नै नेपाली सेना विघटन गर्ने प्रस्ताव अघि सारेका थिए । प्रचण्ड र बाबुरामले त नेपालको नाम र झण्डा फेर्नुपर्छ भन्ने अभिव्यक्ति नै दिएका थिए । यसरी हेर्दा भारतमा भएको १२ बुँदे सम्झौताबाट सत्तासीन भएका र हाल आएका रास्वपा, जनमत र उन्मुक्तिजस्ता पार्टीहरू नेपाललाई विघटन गर्न आएका अथवा भारत तथा अमेरिकाजस्ता विदेशी राष्ट्रको समर्थनमा र आर्थिक सहयोगमा स्थापित भएर नेपाललाई अन्य राष्ट्रको गुलाम बनाउन आएका राष्ट्रघाती पार्टीहरू हुन् । यी तथाकथित राजनीतिक पार्टीहरू नेपालको पहिचान, स्वाभिमान र सार्वभौम सत्ता र भौगोलिक अखण्डलाई नै मेटाउने गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता कायम गर्न उदेश्यले स्थापित भएका हुन् । यी पार्टीहरू तथा यसका नेताहरूले सेनाको संख्या घटाउनु पर्छ भन्ने अभिव्यक्ति नेपालको सार्वभौमिक अखण्डताप्रति ठाडो प्रहार हो । नेपालीजनप्रतिको युद्धको शंखनाद हो । सेनाको संख्या घटाएमा वा विघटन गरेमा के हुन्छ भन्ने उदाहरण त भारतले सिक्कीमलाई आफ्नो भूभागमा मिलाउँदाको स्थिति हेरे पुग्छ । कस्तो दारुण स्थिति थियो भने सिक्किम निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो सदनबाट नै प्रस्ताव पास गरी अब सिक्किम भारतको एउटा भूभाग हुनेछ भनी देशलाई नै एउटा चाँदीको किस्तीमा राखी बुझाए । अहिलेका राजनीतिक दलहरू र यसका नेताहरू पनि नेपाललाई सदनबाटै पास गरेर भारतलाई बुझाउन आएका हुन् । यी राष्ट्रघातीहरूको अभिव्यक्ति त्यही मनसायले प्रेरित मात्र होइन कार्यान्वयन गराउने दिशामा केन्द्रित छ ।

यो नेपाली सेनाले कोहीसँग युद्ध गर्न सक्दैन, आर्थिक भार भयो भन्ने कूतर्क दिई नेपाली सेनाको संख्या घटाउनुपर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रघातीलाई के थाहा छैन भने डमरु र त्रिशुल झण्डामा अंकित नेपाली सेनाको बहादुरी र अजयशक्तिको स्रोत सनातन धर्म हो । यो सेनाले नै नेपाललाई नेपाल बनाएको हो । सारा साम्राज्यवादी शक्तिसँग लडेर नेपालको रक्षा गरेको हो र नेपाललाई विश्वको अखण्ड स्वाधीन राष्ट्र बनाएको हो । नेपाली सेना स्थापना कालदेखि नै नेपालको स्वाधीनता, पहिचान र सार्वभौमिक अखण्डता रक्षा गर्ने प्रमुुख शक्ति हो । यस्तो सेनाको संख्या कटौती गर्नुपर्छ भन्नु नै नेपाललाई विघटन गर्नुपर्छ भन्नु हो ।

यी स्वर्णीम वाग्ले, विमला राई त हाल नेपालमा भएका राष्ट्रघाती दलाल राजनीतिक दलको प्रतिनिधि पात्रहरू मात्र हुन् । यी विदेशी पृष्ठपोषित दल नै नेपाली सेनाको संख्या घटाई नेपाललाई भारत र अमेरिकालाई बुझाउन लालायित छन् ।

नेपाली सेनाविरुद्ध हुनु भनेको नेपाल र नेपालीविरुद्ध हुनु हो । अहिलेको राजनीतिक दलका प्रतिनिधि पात्रले सेनाको संख्या घटाउनुपर्छ भन्ने भनाइ भारत, अमेरिकाजस्ता विदेशी मालिकको इसारामा आएको हो । नेपालखाने भारतीय षड्यन्त्र र नेपाललाई आफ्नो युद्ध मैदान बनाई तिब्बतलाई मित्रराष्ट्र चीनबाट अलग पारी चीनको प्रगतिमा बाधक बनी विश्वमा एकछत्र राज्य गर्ने अमेरिकी मनसाय र उद्यमले गर्दा आएको हो । यी दुवै भारत तथा अमेरिकी साम्राज्यवादीको नेपाल खाने कलुसित मनसायलाई कार्यान्वयन हुन नदिने शक्ति सेना नै हो । यिनीहरूलाई राम्रोसँग थाहा छ, जबसम्म नेपाली सेना रहन्छ नेपाल रहन्छ । नेपाली सेनाले भारत र अमेरिकी सेनालाई युद्धमा परास्त गर्न सक्छ । हाम्रो सैनिकहरूले त्यसको लागि ठूलो तालिम गरेको छ हातहतियार ल्याइएको छ । साहस र बहादुरी त नेपाली सेनाको रगतमा नै बहेको छ । युद्धमा नेपाली सेनाले भारतलाई त सजिलै परास्त गर्न सक्छ भने अमेरिकी सेनालाई भियतनामी र अफगानिस्तानीहरूले जस्तै लज्जापूर्णरूपमा नेपालबाट लखेट्न सक्छ । यही कुरा बुझेर नै नेता भनाउँदा स्वर्णीम वाग्ले, विमला राई पौडेल, प्रदीप पौडेलजस्ता नेताहरू र एमाले कांग्रेस, रास्वपा माओवादी उन्मुक्ति, जनमत, जसपाजस्ता पार्टीहरू प्रयोग गरी नेपाली सेनाको संख्या घटाउने र पछि सेनालाई नै विघटन गर्ने मनसाय नेपाललाई आफ्नो बनाउने स्वार्थमा भारत र अमेरिका लागेका छन् । राष्ट्रघाती हामीले किन अहिले हाम्रा यी नेताहरूले सेनाको संख्या घटाउनुपर्छ भन्ने अभिव्यक्ति कस्को इसारामा दिए भनेर बुझन जरुरी छ । माथि नै भनिसकियो यी भारत र अमेरिका नै नेपाललाई आफ्नो खेल मैदान र भूभाग बनाउन चाहन्छन् । नेपाललाई निल्ने षड्यन्त्र भारतको पहिल्यैदेखि थियो ।

२००७ सालको कान्तिपछि नेपाली कांग्रेसले नेपाली सेना विघटन गर्ने प्रस्ताव भारतकै इसारामा ल्याएको थियो भने नेपालका विभिन्न ठाउँमा भारतीय सैनिक अखण्डा राख्ने कार्य पनि नेपाली कांग्रेसको सरकारको पालामा नै भएको थियो । विश्वमा नेपाली सेनाको बहादुरमध्येको बहादुर भन्ने सानमान भारतलाई पाच्य छैन । उसले नेपाली सेनालाई अपमान गर्ने उद्देश्यले माओवादी सैनिकलाई तालिम दिई नेपाली सेनासँग लड्न पठाएको पनि सर्वविदितै छ । हालसालै नेपाली सेनाले भारतीय विरोधका बाबजुत नै लिपुलेख र लिम्पियाधुरामा आफ्नो ब्यारेक खडा गरेकोमा अपमानित भएको छ । नेपाली सेनाले भारतीय सिमानाबाट १० किमिको दूरीमा ठूलाठूला ब्यारेक स्थापना गरेकोमा क्षुब्ध छ । चीनजस्तो मित्रराष्ट्रसँग नेपाली सेनाको युद्ध अभ्यासबाट भारत त्रसित छ । भारतीय प्रभावमा रहेको विमस्टेक राष्ट्रहरूको सैनिक अभ्यासमा नेपाली सेना सहभागी नहुँदा ऊ नेपाली सेनासँग कु्रद्ध छ । नेपालीहरू भारतको युद्धवीर परियोजनाअन्र्तगत भारतीय सेनामा भर्ति नहुँदा पनि ऊ नेपाली सेनासँग त्रसित छ किनकि गोर्खा रेजिमेन्ट विनाभारतीय सेना विष नभएको सर्पजस्तै हो । उसको सेना कोहीसँग पनि युद्ध गर्न सक्दैन । नेपाली सेनाले आफूलाई आधुनिकीकरण गर्नुको कारणले ऊ नेपाली सेनालाई आफ्नो दुष्मन ठान्छ । नेपालको सार्वभौमिक अखण्डता निल्ने उसको उद्देश्य परिपूर्ति गर्न नदिन नेपाली सेना उसको विरुद्ध दरिलो मात्र होइन, विघटन नै गर्न चाहन्छ । त्यही कारणले भारत आफ्ना नेपाली राजनीतिका दलाल दलहरू र यसका भ्रष्ट नेतालाई प्रयोग गरी नेपाली सेनाको संख्या घटाउन पर्छ भन्ने राष्ट्रघाती अभिव्यक्ति दिन लगाइरहेको छ । काठमाडौं निजगढ फास्ट ट्रयाक नेपाली सेनाले बनाउने कार्यले भारत बहुलाएको छ । अमेरिकीको भने कथा बेग्लै छ । २०२८ सालमा अमेरिकाले भारतीय साम्राज्यवादको सहयोगमा चीनविरुद्ध तिब्बतलाई चीनबाट अलग्याउने उद्देश्यले सञ्चालन गरेको सशस्त्र खम्बा विद्रोहलाई नेपाली सेनाले तहसनहस पारिदियो । त्यसैले ऊ नेपाली सेनाको विघटन चाहन्छ ।

त्यस्तै, हालसालै अमेरिकी सरकारले अघि सारेको उसको सैन्य रणनीति इन्डो प्यासिफक स्ट्राटेजीअन्तर्गतको एसटीपी अर्थात् स्ट्राटिजिक पार्टनरसिप प्रोग्रामलाई सेनाले नै नेपाली सेनासँग रिसले आगो भएको छ । अमेरिकालाई राम्रोसँग थाहा छ नेपाली सेना भएसम्म उसले नेपाललाई युद्ध मैदान नबनाएसम्म मित्रराष्ट्र चीनबाट तिब्बतलाई अलग गरी चीनको अभूतपूर्व प्रगति र समृद्धिलाई शक्तिशाली आर्थिक र सामारिकरूपमा हुन्छ भन्ने त्रासले स्वर्णीम वाग्लेजस्ता आफ्ना दलाल तथा विमला राई पौडेलजस्ता अमेरिकी संरक्षणमा खुलेको ओपन सोसाइटीका सदस्यमार्फत नेपाली सेनाको संख्या घटाउन पर्छ र यसलाई विघटन गर्नुपर्छ भनेर अभिव्यक्ति दिन लगाइरहेका छन् । यी लेण्डुपहरूको अभिव्यक्तिमा भारतीय र अमेरिकी नेपाल खाने स्वार्थ लुकेको छ ।

नेपाली सेनाले यी राष्ट्रघाती नेता भनाउँदा भारतीय तथा अमेरिकी स्वर्णीम वाग्ले र ओपन सोसाइटीकी सदस्य विमला राईजस्ता दलालहरूले जे भन्न खोजेको भनेर केही दिनअघि आएको पूर्वमहारथी पूर्णचन्द्र थापाले लेखेको लेखले यो सेनाको बुझाइ जनाउँछ । त्यसैले यी नेपाली सेनाको विरुद्ध विषवमन गर्ने नेताहरू र अहिलेको गणतन्त्र धर्मनिरपेक्षता र संघीयता भएको संविधान शतप्रतिशत समर्थन गर्ने नेपाली कांग्रेस, एमाले, माओवादी, रास्वपा, जनमत, जनमुक्ति, जसपा, लोसपाजस्ता राजनीतिक दलहरू तथा सनातन धर्म चाहिन्छ भने नारालाई बेवास्ता गर्दै नरेन्द्र मोदीको पार्टी बीजेपीको हिन्दु राष्ट्र चाहिन्छ भन्ने नारा बोक्ने राप्रपाजस्ता भारतीय दलाल पार्टीलाई नेपाली जनताले पूर्णरूपमा बहिस्कार गर्नुपर्छ । यिनीहरूलाई राष्ट्रघातको अपराधमा दण्डित गर्नुपर्छ । नेसनल पार्टीहरू तथा आरक्षण गरी नेपालको वातारवरण संरक्षणमा ठूलो भूमिका खेलेको तथा देशका ठूला पूर्वाधार निर्माणमा सक्रिय भएको सेनालाई खारेज गर्नपर्छ भन्दै विदेशीले ल्याएको नेपालको लागि चार खर्ब बढीको अनावश्यक आर्थिक भार बोकाउने संघीयता भने कायम राख्न खोज्ने यी विदेशी दलाल राजनीतिक दल र भ्रष्टाचारी गद्दार नरपिचास नेताहरूले सेनाको संख्या घटाउने नाममा नेपाललाई नै विघटन गर्न लागेका छन् । नेपालको पहिचान, अस्मिता, स्वाभिमान र सार्वभौमिक अखण्डतालाई समाप्त पार्न खोजेका छन् । शिवरात्रीलाई आफ्नो जन्मदिवसको रूपमा मनाउने त्रिशुल र डम्मरुलाई आफ्नो झण्डामा अंकित गर्ने युद्धघोस बनाउने नेपाली सेना साधारण सेना मात्र होइन । यो सेना अजेय शिव सेना हो । सारा सनातनीहरूको स्वाभिमान र पहिचान हो । त्यसैले यस्तो सेनालाई संख्या घटाउनुपर्छ भन्ने मान्छे नेपाली हुनै सक्दैन । त्यो गद्दार र नरपिचास पापी हो । यिनै कारणले गर्दा अब नेपाली जनता तथा सेना देशको सर्वाङ्गीण रक्षाको लागि एक भएर अगाडि बढी यी विरोधी विदेशी शक्ति र यहाँ भएका दलका भ्रष्ट गद्दार नेताविरुद्ध धाबा बोल्नुपर्छ । अनि मात्र नेपाल र नेपालीको रक्षा हुन्छ । हाम्रो भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा हुन्छ । जय देश, जय जनता, जय नेपाली सेना ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया