Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनयाँ दिल्ली जी २० सम्मेलन सफल कि असफल ?

नयाँ दिल्ली जी २० सम्मेलन सफल कि असफल ?


काठमाडौं । बढो तामझामका साथ चार हजार करोडको खर्च सम्मेलनमा भाग लिन भोजनको व्यवस्था लेजर लाइट सो, २७ सय करोड खर्च निर्माणमा भएको भारत मण्डप र यसै मण्डपमा भएको जी २० दिल्ली घोषणापत्र भनी ३४ पन्ने संयुक्त विज्ञप्ति जारी गरिएको छ ।

विश्वका चार शक्तिशाली नेताहरू रसियन प्रेसिडेन्ट पुटिन, चिनियाँ राष्ट्रपति सी, साउदी राजा र साउथ अफ्रिकन प्रेसिडेन्टको उपस्थितिविना नै सम्पन्न भएको यो सम्मेलन सुरुमै असफल भइसकेको छ । संसारको आर्थिक महाशक्ति चीन र रुस जसले संसारको २४ प्रतिशतभन्दा बढीको अर्थव्यवस्था धान्छन् । आज वैदेशिक मामिलामा पूर्णरूपले दखल गर्ने शक्ति राख्छन् । ती देशहरूको उपस्थितिविना नयाँ दिल्लीमा सञ्चालन भएको जी २० सम्मेलन असफल मात्र भएको छैन । यसले जारी गरेको संयुक्त विज्ञप्ति समेत महत्वहीन घोषणा भएको देखिन्छ ।

नयाँ दिल्लीमा हालसालै भएको जी २० सम्मेलन त केबल अमेरिका तथा उसका पिछालाग्ने पश्चिमा राष्ट्रहरूले वर्तमान भोगिरहेको विषय आर्थिक परिवेशबाट मुक्ति पाउने गरिएको सम्मेलनजस्तो मात्र देखिएको छ । किनकि विश्वव्यापार कम कसरी गर्ने भन्ने विषयमा यो सम्मेलनको प्रमुख मुद्दा रहेको छ । आज अमेरिकासहित पश्चिमी राष्ट्रहरूको व्यापार घाटा ठूलोरूपमा रहेको छ । जुन कारणले ती देशहरूको अर्थतन्त्र ज्यादै नाजुक अवस्थामा पुगी टाट पल्टिने स्थितिमा छ । ती राष्ट्रहरूको मुद्रास्फीति दर उच्च छ । त्यसैले गर्दा त्यहाँका आम मानिसको जीवनयापन मुस्किल हुँदैछ । त्यही कारणले अमेरिकाले रुस र चीनको अनुपस्थितिको नाजायज फाइदा उठाएर यो एजेण्डालाई संयुक्त घोषणा पत्रमा लेख्न लगाएको हो । यसबाहेक आज अमेरिका विश्व व्यापारमा डलरको साम्राज्यको अन्त्य विश्व बैंक अन्तर्राष्ट्रिय मुद्राकोश र एसियाली विकास बैंकको कमजोर अवस्था चीन, रुस र चीनका प्रभावशाली साङ्घाई आएको हो भनी निक्यौल गरी भारतको ढुलमुले र कायर प्रवृत्तिलाई प्रभावमा पारी अमेरिका आफ्नो प्रभावमा रहेको बल्र्ड बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोषजस्ता वित्तीय संस्थालाई प्रभावशाली बनाउने भन्ने प्रस्ताव तथा कथित जी २० समिट घोषणापत्र दिल्लीमा राख्न सफल भयो ।

यति मात्र होइन, अमेरिकाले चीनद्वारा सञ्चालित बेल्ट एण्ड रोड इनिसिएटिभ अरेविया रेल व्यापार तथा डिजिटल मार्ग बनाउने भनी एउटा ठूलो परियोजना बनाउने भनी प्रस्ताव यही दिल्ली घोषणापत्रमा राख्न लगायो । यस्तो ठूलो परियोजना भारतजस्तो गरिब राष्ट्रले कसरी बनाउन सक्छ भन्ने कुनै ख्याल नै गरिएको छैन् । वैश्विक राजनीतिक र सामरिक अवस्थाको बारेमा यस घोषणापत्र चूँ पनि गरेको छैन । विश्वको वातावरणलाई कसरी फेरि प्रदूषणरहित बनाउने भन्ने विषयमा जति ठूला कुराहरू गरिए पनि विश्वको फ्याक्ट्रीको रूपमा चिनिएको चीनको सहमतिविना राखिएको यो प्रावधानले केही लछारपाटो लाउँदैन । समग्रमै भन्नुपर्दा रुस र चीनजस्ता ठूलो राष्ट्रहरू उपस्थित नभएको यो सम्मेलन र यसले जारी गरेको जी २० नयाँ दिल्ली घोषणापत्र पूर्णरूपमा असफल र असान्र्दभिक भएको छ ।

भारतजस्तो गरिब देश जहाँको प्रतिव्यक्ति आय बंगलादेशको भन्दा पनि कम छ । जहाँका ८० करोड जनता पाँच किलो रासनको हण्डीमा बाँचिरहेका छन् । जुन देश ठूलो व्यापारघाटाले ग्रस्त छ, जुन देश मुखरी ह्याप्पिनेसजस्ता इन्डेक्सहरूमा साउथ एसियामै तल छ । त्यस्तो हरि कंगाल देश सोझा साझा इन्डियन करदाताको चार हजार करोडभन्दा बढीको रकम दुरुपयोग गर्दै मोदी नेतृत्वको बीजेपी सरकार आगामी चुनावलाई लक्षित गरेर यो जी २० सम्मेलन गरिरहेको छ । जगहँसाइ गरिरहेको छ । यस सम्मेलनको भारतलाई उपलब्धि के त ? केही छैन बरु नेपाल, पाकिस्तान, भुटान, म्यानमार, माल्दिभ्सजस्ता छिमेकी राष्ट्रलाई चिढाएको छ । यस कार्यले गर्दा यी भारतीय छिमेकी राष्ट्रहरू उसको संयुक्त राष्ट्रसँगको सुरक्षा परिषद्को स्थायी सदस्य बन्नका लागि तगारो अवस्य बन्नेछन् । त्यति मात्र होइन, संयुक्त राष्ट्र संघको साधारणसभामा भारतद्वारा भविष्यमा प्रस्तुत हुने सबैखाले प्रस्तावको विपक्षमा मतदान गरी भारतलाई नराम्रो झापड हान्नेछन् ।

जी २० सम्मेलनमा आफ्ना तथा विरोधी मिडियालाई प्रवेश निषेध गरी विदेशी सत्ता प्रमुखलाई समेत पत्रकार सम्मेलन गर्न नदिई भारत उसको मोदी सरकारले भारतीय प्रजातन्त्रको धज्जी उडाएको छ । सबैखाले प्रचारप्रसार अभियानको झल्को यस सम्मेलनले दिएको छ । हो, यो सम्मेलनबाट कोही फाइदामा छ भने त्यो संयुक्त राज्य अमेरिका हो । किनकि उसले भारतसँग २० औँ अर्ब डलरको हतियार बिक्रीको सम्झौता गरेको छ । यो सम्मेलन पूर्णरूपमा असफल भएको छ । भारतीय जनतालाई यस सम्मेलनले केवल कुण्ठा र निराशा दिएको छ । भारत वैश्विक राजनीतिक रंगमञ्चमा जोकरको रूपमा उभिएको छ । भारतको छवि धुमिल भएको छ । भारतको पहिचान विकास र समृद्धिमा यस जी २० सम्मेलनले कुनै योगदान गर्ने छैन । भनिन्छ, जी २० सम्मेलन वैश्विक अर्थव्यवस्थालाई समृद्ध गर्ने एउटा सम्मेलन हो । तर अहिले संसारमा भइरहेको मृल्यवृद्धि मुद्रास्फीति रुस युक्रेन युद्धले निम्त्याउन सक्ने भोकमरी, धनी र गरिब राष्ट्रबीच बढ्दो व्यापारघाटा विश्व सप्लाई चेनमा आएको अवरोधहरूलाई हटाउन यो सम्मेलनले के योगदान ग¥यो त ? केही पनि गरेन ।

भारतले आफ्नो देशको विकास र आर्थिक समृद्धि ल्याउन यस सम्मेलनबाट के प्राप्त ग-यो त ? केही पनि प्राप्ति गरेन । अरू यस सम्मेलनले भारत प्रजातन्त्र नभएको छिमेकी राष्ट्रलाई बेवास्ता गर्ने आफ्नो देशका गरिब जनताप्रति पटक्कै संवेदनशील नभएको राष्ट्रको रूपमा विश्वसामु बदनाम गरायो । संक्षेपमा भन्नुपर्दा यस दृष्टिकोणबाट पनि असफल सम्मेलनको रूपमा दरियो । यो सम्मेलनले न त भारतलाई केही दियो न विश्वलाई केही दियो । दियो त केवल भारतीय जनतालाई दुःख र भारतलाई चार हजार करोडको आर्थिक हानि दिएको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया