Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपशुपालनमा एन्टिबायोटिकको दुरुपयोगले मानवीय स्वास्थ्यमा असर

पशुपालनमा एन्टिबायोटिकको दुरुपयोगले मानवीय स्वास्थ्यमा असर


काठमाडौं । एन्टिबायोटिक औषधिहरूको उपयोग मानिसहरू एवं पशुहरूमा जीवाणु संक्रमणको उपचारमा गर्ने गरिन्छ । यी औषधिहरूले किटाणुहरू (जीवाणुहरू)द्वारा हुने संक्रमणमा जादुई रुपमा कार्य गर्दछ र जीवाणुहरूलाई नष्ट गर्दछ । तर, जीवन रक्षक हुँदाहुँदै पनि यी औषधिहरू जीवाणुहरूको एक अर्को हानीकारक पाटो सामुन्ने आएको छ ।

एन्टिबायोटिकको अत्याधिक अनियन्त्रित तथा अनुचित प्रयोग मानिस तथा पशु दुवैलाई एउटा ठूलो खतरा बन्न पुगेको छ । एन्टिवायोटिक औषधिहरूको दुरुपयोगको कारण धेरै जसो जीवाणु यी औषधिहरूप्रति प्रतिरोध गर्न सक्षम भएका छन् जसका कारण यिनमा यी औषधिहरूको प्रभाव समाप्त वा कम हुने गर्दछ । यस कारण कैयौं पटक संक्रमण उपचार निसप्रभावी हुन्छ । यस्ता प्रतिरोधी क्षमता भएका जीवाणु वातावरणमा फैलिएर पशु तथा मानिसमा ज्यान लिने संक्रामक रोगको कारण बनिरहेका छन । यो समस्याले आज संसारमा एउटा गम्भीर रुप लिएको छ ।

संयुक्त राज्य अमेरिका जस्तो विकसित मुलुकमा रहेक वर्ष कम्तिमा बीस लाख मानिस एन्टिबायोटिक प्रतिरोध जीवाणुहरूबाट संक्रमित हुने गर्दछन् । तीमध्ये २३ हजार बढीको ज्यान नै जान्छ । विकासशील देशहरूमा त स्थिति यो भन्दा भयावह नहोला भन्न के सकिन्छ र ?

पशुपालनामा एन्टिबायोटिकको उपयोग
एन्टिबायोटिक औषधिहरूको उपयोग मूख्य रुपमा संक्रमित बिरामी पशुहरूको उपचारको लागि गरिन्छ । यस्तो परिस्थितिमा सामान्यता यी औषधिहरूको उपयोग अन्य कारकहरूजस्तै रोगको बचाउमा रोगहरूको नियन्त्रण अथवा पशु पालनमा पशुहरूको शारीरिक विकास बढाउन लागि गरिन्छ । त्यो बेला यी औषधिहरूको मात्रा कम दिइने गरिन्छ । मानिसहरू तथा पशुहरूमा जीवाणु संक्रमणको उपचार तथा रोकथामको लागि विभिन्न प्रकारको एन्टिबायोटिक औषधिहरूको उपयोग संसारभरि ठूलो मात्रामा गर्ने गरिन्छ । बिटा लौकटम एन्टिबायोटिकस, पेनीसीलीन अमोकिसलीन, एम्पीसीलीन, सिप्लोस्पेरिन, जैन्टामायसिन, नियोमायसिन, स्टे«ष्टोमायसिन, टेट्रासाइकिलन, सिपरोक्लोकसासिन, किलन्डामायसिन, एरिथ्रोमायसिन, टिल्मीकोसीन, टाइलोसिन, फलेवोमायसिन, मानेन्सिनजस्ता एन्टीबायोटिक औषधिको प्रयोग हुने गर्दछ । यीमध्ये प्रायजसोको उपयोग मानिस तथा पशु दुवैमा हुने गर्दछ । केही औषधिको प्रयोग केवल मानिसमा मात्र गरिन्छ, किनकि यीनको प्रयोग पशुमा अनुचित मानिन्छ । र, केही धेरै महंगो हुने गर्दछन् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया