Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाललाई नेपाली विचारको धारमा हिँडाऔँ

नेपाललाई नेपाली विचारको धारमा हिँडाऔँ


काठमाडौं । सबैलाई थाहा नहुन सक्छ नेपाल समुद्री सतहदेखि करिब ११ सय २७ किलोमिटर टाढा छ । नेपाल समुद्रले नछोएको दक्षिण एसियाको एक भूपरिवेष्ठित मुलुक हो भन्ने यथार्थता सबैलाई थाहा हुनुपर्दछ । एसियाका दुई विशाल मुलुकहरू चीन र भारतको बीचमा रहेको नेपालको क्षेत्रफल एक लाख ४७ हजार एक सय ८१ वर्गकिमि अर्थात् ५६ हजार आठ सय २७ वर्गमाइल छ । नेपालको पूर्व–पश्चिम लम्बाइ आठ सय ८५ किमि र उत्तर–दक्षिण चौडाइ सरदर एक सय ९३ किमि छ । नेपालले विश्वको कुल भू–भागको शून्य दशमलव शून्य ३ प्रतिशत र एसिया महादेशको शून्य दशमलव ३ प्रतिशत भाग ओगटेको छ । विश्वभरमा आठ हजार मिटरभन्दा अग्ला चुचुराहरू १४ वटा छन् । तीमध्ये आठवटा नेपालमा उभिएका छन् । छ हजार मिटर र सोभन्दा अग्ला चुचुराहरू १३ सय बढी छन् । मुस्ताङ इलाकामा मात्र लगभग तीन सय एक चुचुराहरू छन् । कोशी, गण्डकी, कर्णाली नाम राखिएका तीन ठूला नदीसहित अरु धेरै साना नदी, खोला झरनाहरू छन् । रारा, फेवा तथा गोसाइँकुण्डजस्ता सुन्दर ठूला र अरु धेरै साना तालहरू पनि छन् नेपालमा । तराई, पहाड र हिमालको प्रकृति र संस्कृतिको विविधतायुक्त साँच्चै सुन्दर भू–भाग हो नेपाल पृथ्वीको ।

नेपालमा न गर्मीले उकुसमुकुस हुन्छ न जाडोले लुगलुग नै । नेपाल यस्तो भूगोलभित्र छ जहाँ न खपिनसक्नु गर्मी छ न खपिनसक्नु जाडो नै छ । हिमाली भेगमा अलिक बढ्ता जाडो भयो भने अलि तल पहाडतिर झर्छन् । तराईमा बसेकालाई अलि बढी गर्मी भयो भने अलि माथि पहाडतिर चढछन् । पहाडकालाई न्यानो चाहिएमा तराईको मैदानमा झर्छन् । नेपाल प्रकृतिले पनि सन्तुलित छ । संस्कृतिले पनि सन्तुलित थियो । अलिकति एउटाको संस्कृति अर्कोमा । अर्थात् नेपालीहरू सांस्कृतिक हिसाबले फुकाल्नै नसक्ने गरी जेलिएका थिए । नेपालको यस्तो अनुपम प्रकृति र संस्कृतिको संयोजनलाई भत्काउन लागिरहेका छन् अनेक आवरणका परचक्रीहरू ।

नेपालीले नेपाल बुझ्न माथिकाले तल झर्नु पर्छ र तलकाले माथि चढ्नु पर्छ । यसले मात्र बलियो तपाहिको एकताले बलियो नेपालको एकता अघि सार्दछ । तपाहिको एकता भनेको तराई, पहाड र हिमालको एकता बुभ्mनु पर्दछ । भौगोलिक हिसाबले तराई, पहाड र हिमालको एकता र पहिचानको हिसाबले नेपाली मात्रको एकता भत्काउने कसैको रणनीतिक स्वार्थअनुसारको खेल भइरहेको छ नेपालमा विगत केही दशकअघिदेखि । बलियो नेपाल हुन नदिनेहरूले यो खतरनाक रणनीतिको जाल बनिरहेका छन् । यो जाल बुन्ने ज्यालदारीमा अनेक आवरणमा नेपालीहरूले काम पाइरहेका छन्, जाल बुन्न सघाइरहेका छन् ।

पहाडका नेताले तराईको भूगोल संस्कृति जनजिवन र विकासका सम्भावना बुझून् । तराईका नेताले पहाडको त्यसरी नै बुझून् । पहाडका जनताले तराईका नेतालाई आफ्नै नेता ठानून् । अनि तराईका जनताले पहाडका नेतालाई पनि आफ्नै नेता ठानून् । अनि दुवै क्षेत्रका नेता जनता मिलेर पहाड तराई सबैतिर राष्ट्रिय आवश्यकतालाई हेरेर समान किसिमले मिलेर विकासको खेती गरुन् । नेपाली एकताको खेती गरुन् । नेपालीपन र नेपालीमनको खेती गरुन् । अनि तराई पहाड सबैतिरबाट नेपाली एकता र नेपाली स्वधीनताको आवाज मात्र उठोस् ।

नेपाल यही दिशातिर अग्रसर होस् भनेर नै नेपालको उत्तर–दक्षिण सीमासम्म जोडिएका १४ अञ्चलको प्रशासनिक विभाजनलाई बुझ्न सकिन्छ । राजनीति तवरले तराईका नेता भोट माग्न पहाड चढून् र पहाडका नेता त्यसरी नै तराई झरुन् भनेर नै तत्कालीन व्यवस्थाले अञ्चल पञ्चायतको व्यवस्था मिलाएको थियो । जो अप्रतक्षरूपमा अञ्चलभरिका मतदाताबाट चुनिएका हुन्थे । जसले राम्रोसँग विकास र एकता दिन सक्थ्यो नेपालभित्र नेपालभरि । यही उद्देश्यको विस्तारित रूप थियो पाँच विकास क्षेत्रको रचना । यही पाँच विकास क्षेत्रलाई परिस्कृत गरेर अधिकार र विकासलाई विकेन्द्रीत गरेको भए नेपालको दीर्घकालीन हितमा बलियो आधार साबित भएर देखिने थियो । तर नेपालको हित नचाहनेलाई यो मन्जुर भएको पाइएन । जातीय, भौगोलिक, खर्चिलो संघियतामा लाने नेपालको हितविपरीतको खतरनाक काम भइरहेको छ वर्तमानको संविधान र आन्दोलनमार्फत । जातीय एकता र भौगोलिक एकताको दूरी बढाउने अदूरदर्शी राजनीति मात्र होइन नेपाल र नेपालविरोधी राजनीति पनि पुष्टि हुन्छ भविश्यमा । कामना गरौँ त्यस्तो नहोस् ।

नेपालमा कसैले राष्ट्रिय हितको लागि अडान लियो कि त्यसलाई काम गर्न नदिने वातवरणको सिर्जना गरिहाल्छन् । यसमा विदेशी स्वार्थको लगानी हुन्छ र यसमा विदेशी स्वार्थको काम गर्ने विकाउ चरित्रको नेपाली राजनीति आवरण सलबलाउन थाल्दछ । नेपालमा जमेर कसैलाई काम गर्नै दिँदैनन् । काम गर्ने स्थानमा पुगेकाहरू पनि राष्ट्रको लागि जमेर काम गर्नुभन्दा कसरी कमाउने भन्नेतिर नै आफूलाई केन्द्रित गर्छन् । जुन दलको कुनै न कुनै रूपमा सत्तामा बसेका हुन्छन् उनीहरू प्रतिपक्षजस्तो कुरा गर्ने अनैतिक र गैरजिम्मेवार राजनीति गर्ने थेत्तरो चरित्र र प्रवृत्ति नेपाली राजनीतिमा हावी भइरहेको छ । राष्ट्रको लागि नसोच्ने र राष्ट्रिय हितको लागि जमेर काम नगर्ने आवरणधारीहरू नेपाली राष्ट्रियता र राष्ट्रिय हित र राष्ट्रिय एकताको लागि भयङ्कर खतरा भइरहेका छन् ।

यति राम्रो नेपाललाई राम्रो या नराम्रो बनाउने राजनीति नै हो राजनीतिलाई डो¥याउने नेतृत्व नै हो । । नेपाल १२ बँुदेपछि नराम्रोसँग बाह्य स्वार्थ र षड्यन्त्रको चक्करमा फसेको छ । बाह्य स्वार्थ र षड्यन्त्रलाई युद्ध र आन्दोलनमार्फत भित्र्याउने अदूरदर्शी नेपाली नेता नै हुन् । जसको कारणले नेपालमा कहिल्यै स्थायित्व आउन सकिरहेको छैन । विनाराजनीति स्थायित्व विकास सम्भव छैन र त्यसरी नै विनाआर्थिक विकास पनि राजनीति तथा सामाजिक स्थायित्व आउन सक्तैन । यी दुईको अन्योन्याश्रित सम्बन्ध छ । पद हत्याउन विरोधका लागि विरोध गर्ने हानिकारक अस्वस्थ प्रवृत्ति जताततै हावी छ विश्व राजनीतिमा । नेपालमा यो प्रवृत्ति झन् बाक्लिएर गइरहेको छ । सत्ताको छिर्के दाउमा दलका नेताहरू लागि स्थायी प्रवृत्ति देखिँदै छ नयाँ नेपालको नकारात्मक कोर्ष । यो नकारात्मक कोर्षबाट नेपालका नेताहरू दलहरूले आफूलाई पूर्णरूपमा मुक्त नगर्ने र स्थायित्व र विकासको लागि आफूलाई सकारात्मक धारमा नलैजाने हो भने न परिवर्तनको अर्थ रहन्छ न संविधानसभाको अत्यधिक ठूलो बहुमतले पास गरेको संविधानको नै । आजैबाट परिवर्तन र आ–आफ्नो आत्मसमीक्षा गर्न थाल्ने हो कि सबै दल र नेताहरूले ।

नेपालको मूलधार भनेको विकास र समृद्धिको धार नै हो भनेर सबै नेताहरूले भनिरहेका छन् । विकास र समृद्धिको मूलधारमा नेपाललाई हिँडाउने मूलविचार पृथ्वीविचार हो भन्ने यथार्थता नेपाली नेताले नस्वीकारेसम्म र पृथ्वीविचारलाई व्यवहारमा नजोडेसम्म नेपालले विकास र समृद्धिमा फड्को मार्न सक्तैन भन्ने यथार्थता नेपाली नेताहरूले बुझ्नै पर्दछ या बुझपचाउन हुँदैन ।

भ्रष्टाचाररहित स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्र पृथ्वीविचारको मूलमन्त्र हो । समृद्ध स्वाधीन नेपालको मूल आधार पृथ्वीविचार नै हो । यसलाई जान्ने र छान्ने शक्ति नेपालका नेता र दलसँग हुनुपर्दछ । पृथ्वीविचार नेपालको मौलिक मात्र होइन मूलविचार पनि हो । नेपालका दलहरू मूलविचारको पछि नहिँडेर भुलविचारको पछि हिँडेर गम्भीर भुलमा छन् । भुलविचारको पछि हिँडेर समृद्धिको फूल फुल्न सक्तैन । दल र नेताहरू नेपाल सुहाउँदो नेपाली वास्तविक धरातलीय विचारलाई पक्रनै पर्दछ । हिजोको सरकारले लगाउने नारा समृद्ध नेपाल सुखी नेपाली भनेको नै नेपाल सबै जातको फूलबारी हो । प्रकृति र संस्कृतिको सुन्दर नेपाललाई समृद्धियुक्त सुन्दर नेपाल बनाउने भनेकै अविचल पृथ्वविचारको राजमार्गमा नेपाललाई हिँडाउनु हो सबैमा चेतना भया ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया