फेकनको अध्यक्षमा बस्नेतको उम्मेदवारी, को हुन उनी ?
काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को अध्यक्षमा प्रज्वल बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका बस्नेत अध्यक्ष पदका लागि उम्मेदवार बनेका हुन् ।
उनले यहि असार २३ गते हुन लागेको फेकनको महाधिवेशनमा अध्यक्ष पदका आफ्नो उम्मेदवार दिने घोषणा गरेका हुन । बस्नेतले मंगलबार अध्यक्ष पदमा छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका हुन् । उनीसँगै फेकनमा हालका महासचिव राजु निरौलाले पनि अध्यक्ष पदमा नै उम्मेदवारी घोषणा गरेका छन्। बस्नेत फेकनको स्थापनाकालदेखि नै सक्रियरुपमा रहेका छन् ।
उनले यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन फेकनको सुरुदेखि नै शिक्षा मन्त्रालय लगायत निकायसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यसअघि बस्नेत फेकनकाे उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षमा दुई कार्यकाल आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
सक्सेस एजुकेशन कनसल्टेन्सीका सञ्चालक समेत रहेका बस्नेतले शैक्षिक क्षेत्रमा देखिएका विकृतिलाई हटाउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । फेकनमा प्रतिस्पर्धा भन्दा पनि सहमतिमा महाधिवेशनमा सम्पन्न गराउनेमा आफ्नो जोड रहेको उनको भनाई छ ।
क्याटेगोरी : बिबिध, बिशेष
ताजा अपडेट
- नीति तथा कार्यक्रम : गण्डकीका कुन-कुन योजना परे ?
- प्राइम सहकारीकाे एक अर्व ५४ कराेड हिनामिना, अध्यक्ष कार्कीसहित आठ पक्राउ
- नीति तथा कार्यक्रम सकारात्मक स: सत्ता पक्ष
- नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले
- क्रिकेटर लामिछानको मुद्दा हेर्दाहेर्दैमा
- अदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी
- प्राइम सहकारी पनि डुब्यो, प्रहरीद्वारा उजुरी आह्वान
- शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया