सुबास बस्नेत
दोलखा, वैशाख २२
लकडाउनको कारण जिल्लाका कुखुरा पालक कृषकहरु समस्यामा परेका छन् । जिल्लामा कुखुरा तथा अण्डा बिक्री बन्द भएपछि उनीहरु समस्यामा परेका हुन् । कुखुरापालक कृषकहरुले विभिन्न गाउँबाट जिल्ला सदरमुकाम चरीकोटमा ल्याएर कुखुरा तथा अण्डाको बिक्री वितरण गर्दै आएका थिए । तर लकडाउनका कारण सवारीसाधन नचलेपछि कुखुरा तथा अण्डाको बजार नपाउदा कृषक चिन्तित बनेका छन् । जिल्लाभर कुखुरापालक कृषकको संख्या वृद्धिसँगै बजार बन्दले कुखुराको मासु र अन्डा बिक्री हुनछाडेको छ । सदरमुकाम चरीकोट आसपासमा धेरै कृषकले व्यावसायिक रुपमा नै कुखुरा पालन गरेका छन् ।
लकडाउनका कारण जिल्लाको भीमेश्वर नगरपालिका, बैतेश्वर गाउँपालिका र तामाकोशीका गाउँपालिकाका कुखुरा व्यवसायीलाई कुखुरा बिक्री गर्न समस्या भएको छ । उनीहरुको मुख्य बजार नै चरिकोट हो । बैतेश्वर गाउँपालिका वडा नम्बर तिनका कुखुरा व्यवसायी गणेश बस्नेतले तीन लाख लगानी गरेर करिब चार सय कुखुरा पालेका छन् । ‘लकडाउन हुनु एक महिनाअघि पालेको कुखुरा बिक्री गर्ने बेला भएको छ । तर लकडाउनले मुख्य बजार नै बन्द भयो । गाउँको मागले मात्रै सबै कुखुरा बिक्री गरिसकिँदैन’, बस्नेतले भने ।
विशेषगरी जिल्लाको बजारका होटलहरुमा धेरै मासु खपत हुने गर्छ । जिल्लाका सबै ठाउँमा सजिलोसँग कुखुरा पालन गर्नसकिने र छोटो समयमा आर्थिक आर्जन हुने हुँदा चारैतिर यो व्यवसाय गरिएकाले पनि कुखुराको माग घटेको कृषकहरुको भनाइ छ । दानाको मुल्य बढेको तर मासुको माग भने कम हुँदै गएको उनीहरुको गुनासो छ । जिल्लाको तामाकोशी गाउँपालिका माछा, मासु र अण्डामा आत्मनिर्भर गाउँपालिका हो।मासु अण्डामा आत्मनिर्भर गाउँपालिका भए पनि गाउँपालिकामा उत्पादन भएको अण्डा र मासुले बजार नपाउँदा समस्या भएको तामाकोशी गाउँपालिकाका कुखुरा व्यवसायी टिकारान फुयालले बताए ।
फुँयालका अनुसार तामाकोशी गाउँपालिकाभित्रका धेरै मानिस कुखुरा पालन व्यवसायमा आबद्ध छन् । गाउँपालिकाका धेरैजसो युवाहरुले फर्म दर्ता गरेरै कुखुरा पालनव्यवसाय गरिरहेका छन् । चरीकोटमा मासु व्यवसाय गर्दै आएका दिपक खत्रीले लकडाउन हुनुअघि नै मासु र अन्डा बिक्री गर्न समस्या हुने गरेको बताए । लकडाउनले त झन व्यवसायनै संकटमा पारेको उनको भनाई छ ।
लकडाउन हुनुपूर्व खत्रीको मासुपसलबाट दैनिक ४० किलो खसी र २० किलो कुखुराको मासु बिक्री हुने गथ्र्यो तर लकडाउनले बजार र होटल बन्द भएको कारण दैनिक १० किलो मासु बेच्न पनि समस्या भएको उनले बताए । बजारमा दानाको मूल्य पनि लकडाउनका कारण वृद्धि भएको छ । अघिल्लो महिना ३ हजारमा पाईने दाना बढेर अहिले तीन हजार ५ सय पुगेको छ । चर्को मूल्यको दाना खुवाएर सस्तोमा मुल्यमा कुखुरा बिक्री गर्नुपरेको कुखुरा पालक कृषकको दुःखेसो छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया