काठमाडौँ, वैशाख २३
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गरेकी छिन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा गौतमलाई सोमबार महासचिवमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम डा गौतमलाई सङ्घीय संसद्को महासचिवमा नियुक्त गरिएको हो । डा गौतम कास्कीको साविक लामाचौर–५ का स्थायी बासिन्दा हुन् । डा गौतम वरिष्ठ सचिवको रुपमा सङ्घीय संसद् सचिवालयमा कार्यरत थिए ।
वि.सं. २०५१ चैत २१ गते शाखा अधिकृतका रुपमा संसद् सेवामा प्रवेश गरेका गौतम जनप्रशासनमा ‘गोल्ड मेडलिस्ट’ एवं त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन व्यवस्थापनमा विद्यावारिधि गरेका छन् । नवनियुक्त महासचिव गौतमले सङ्घीय संसद्को प्रशासनिक प्रमुखको रुपमा समेत जिम्मेवारी सम्हाल्नेछन् । मङ्गलबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिएपछि कार्यभार सम्हाल्नेछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
- दि नेपाल डिस्टिलरिजले उखु खेती र कृषिको बृहत्तर विकासका लागि सहकार्य गर्ने
- लसुन खेतीबाट राम्रो आम्दानी
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया