Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकिन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?

किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?


काठमाडौं । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकको गभर्नर साहेब सेयरबजारको खलनायक रे ? सेयरबजारमा सधैं यस्तै चर्चा भइरहन्छन् । के त गभर्नर साहेब सेयरबजारको खलनायक नै हो त ? पछिल्लो समयमा सेयरबजार उकालो लाग्न सकिरहेको छैन । कतिपय विज्ञ तथा विश्लेषकहरूको भनाइमा सेयरबजार मा नितिगत सधारनभए सम्म सेयरबजारमा सधार हन नसक्ने बताउछन । तर गभर्नर सकहेब सेयरबजारप्रति सकारातमक नभएको काररणले सेयरबजार उकालो लाग्न नसकेको कतिपय जानकारहरू बताउँछन् । कतिपयको भनाइमा गभर्नर साहेबले चाहेको भए सेयरबजार उकालो लाग्न सकिने बतायछन । त्यसोत सेयरबजार उकालो लाग्ने ओरालो लाग्नेमा बिबिध कारणहरू पनि हन्छन होला तर पनि कतिपय लगानीकर्ताहरूको भनाइमा गभर्नर साहेबको कारणले सेयरबजारले गतिलिन नसकिरहेको बताउँछन् । केही लगानीकर्ताहरू त गभर्नर साहेबको पदावधि कहिले सकिन्छ भनेर दिन समेत गनिरहेको बताउँछन् । त्यसो त गभर्नर साहेब फेरिँदैमा वा अर्थमन्त्री फेरिँदैमा सेयरबजार उकालो लाग्ने भने पक्कै होइन गभर्नर साहेब र अर्थमन्त्रीको अनुहारले सेयरबजारले गति लिने हो र ? भन्नेहरू पनि नभएका होइनन् । लगानीकर्ताले गभर्नर र अर्थमन्त्रीको अनुहार हेरेर लगानी गर्ने होइन, त्यसको लागि त नीतिगत सुधार हुनुपर्छ । सरकार र नेपाल राष्ट्र बैंक नियामक निकायहरू सेयरबजारमैत्री हुनुपर्छ ।

एकातिर सेयरबजार उकालो लाग्न नसकिरहेको अवस्था छ भने अर्कोतिर कतिपयको भनाइमा सहकारी डुबेजस्तै वाणिज्य बैंकहरू पनि डुब्नेवाला छ भनेर हल्ला गरिरहेका छन् । केहीले त एनआईसी एसिया बैंक डुब्यो भनेर पनि हल्ला गरेको थियो । तर एनआईसी बैंकमा त्यस्तो समस्या भने देखिएका छन् । कतिपयले आफ्नो स्वार्थको लागि हल्लाको राजनीति गर्ने गरेका छन् । त्यसो त केही वाणिज्य बैंकहरूको आर्थिक सूचकांकहरू राम्रो छैन । केही बैंकहरू घाटामा छन् । तर पनि बैंकमा रकमको थपेका छन् लगानी गर्न सकिरहेका छैनन् । देशमा लगानीको वातावरण छैन भनेर पनि भन्ने गरेका छन् । सरकारले लगानीको वातावरण बनाउन सकिरहेको छैन । कतिपय बैंकहरूले लगानी गर्न सकिरहेका छैनन् भने लगानी पनि उठाउन सकिरहेका छैनन् । यस कारणले पनि केही बैंकहरूको खराब कर्जा बढेको देखिन्छ भने जसका कारणले आफ्ना सेयरधनीहरूलार्ई लाभांश समेत दिन सकिरहेका छैनन् ।

हालै मात्र आफ्नो वार्षिक साधारणसभा गर्ने प्रभु बैंकले आफ्ना सेयरधनीहरूलार्ई लाभांश दिऊन् । तर सेयरधनीहरूलार्ई लाभांश दिन नसकेको प्रभु बैंकको सीईओले तलबभत्ता र सुविधा गरी वर्षमा लगभग चार करोड रुपैयाँ लिएका छन् भनेर जसको आलोचना भइरहेका छन् र कतिपयको भनाइमा त लुट्न सके लुट कान्छा भनेको गीतजस्तै भइरहेको पनि बताएछन् । प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकसँग मर्ज गरेरपछिको यो पहिलो साधारणसभा हो । यदि प्रभु बैंकसँग मर्जर नगरेको भए सेन्चुरी कमर्सियल बैंकबाट भए पनि लाभांश पाइने हो कि भनेर पनि सेयरधनीहरूको भनाइ रह्यो । यता प्रभु बैंकको सीईओले तलब भत्तामा लुट्ने उता सेन्चुरी बैंकको लगानीकर्ताहरूले घाटा व्यहोर्नुपर्ने भनेर सेयरधनीहरूमाझ चर्चा भए गरे । त्यसो त बैंकहरूले दिने लाभांश र कम्पनीहरूको वित्तीय सूचांकहरूले पनि सेयरबजारमा असर गर्ने गर्छ । यसले पनि सेयर मूल्यमा तलमाथि पार्ने गरेका छन् । एकातिर सेयरबजारमा गिरावट, अर्कोतिर वाणिज्य बैंकहरूबाट पनि लगानीकर्ताहरूले लाभांश पनि राम्रो पाउन सकेन । आठ वटा वाणिज्य बैंकहरूले त सेयरधनीलार्ई लाभांश नै दिएन । लाभांश नदिने बैंकहरूमा कुमारी, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक एनएमबी बैंक प्रभु बैंक प्राइम, कृषि विकास बैंकहरूले लाभांश मात्र नदिएका होइनन् । केही बैंकहरू त नोक्सानीमा समेत रहेका छन् । केही लाभांश नदिने बैंकहरूमा बिग मर्जर गरेका बैंकहरू छन् । कुमारी बैंक एनसीसी बैंक, प्रभु बैंक, सेन्चुरी बैंक नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बैंक, हिमालयन बैंकले सिभिल बैकसँग बिग मर्जर गरेका बैंकहरू हुन् ।

केही बैंकहरूले सेयरधनीहरूलाई केही प्रतिशत भए पनि लाभांश दिन सक्ने भए पनि दिएन । अर्को वर्षका लागि भनेर सञ्चितिमा राखे । यसमा सेयरधनीहरूले असन्तुष्टि जनाएका थिए । सेयरधनीहरूको भनाइमा जुन आर्थिक वर्षको नाफा हो त्यही आर्थिक वर्षमा वितरण गर्नुपर्छ । यस वर्ष नदिने अर्को वर्ष दिने भन्ने बेइमानी हो । त्यसो त वाणिज्य बैंकहरू मात्र नभई केही विकास बैंकहरू र केही लघुवित्त बैंकहरूले पनि लाभांश दिएनन् । त्यसो त कतिपय जानकारहरूको भनाइमा वाणिज्य बैंकहरूले एक आपसमा बिग मर्जर गरेकाले पनि लाभांशमा असर गरेको बताउँछन् । बिग मर्जरमा गएको कारणले नै कुमारी बैंक, प्रभु बैक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र हिमालयन बैंकले लाभांश दिन नसकेको पनि भनाइ रहेका छन् । कतिपय वाणिज्य बैंकहरूले देशमा मन्दीको कारणले आफूले लगानी गरेको लगानी उठाउन नसकेर नोक्सानीको व्यवस्था गर्नु परेकाले यस वर्ष लाभांश दिन नसकेको बताउँछन् ।

त्यसो त सेयरबजारमा गिरावट आइरहेको समयमा कम्पनीहरूले दिने लाभांशले पनि सेयरधनीहरूलाई निराश बनायो । त्यसो त केही बैंकले त अर्को वर्ष पनि लाभांश दिन नसक्ने भनेर लाजै नमानी उद्घोष समेत गरे भने कतिपय कम्पनीहरूले अर्को वर्ष पनि लाभांश दिन नसक्नेजस्तो पनि देखियो । तर बैंकहरू र सेयरबजार सकारात्मक पनि हुन सक्छ । पछिल्लो समयमा सेयरबजारले गति लिन नसकिरहेकालाई विभिन्न चर्चाहरू हुने गरेका छन् । कतिपयको भनाइमा नियामक निकाहरूको दोष बताइरहेका छन् भने कतिपयले सरकार र अर्थमन्त्रीलाई दोष दिने गरेका छन् । कतिपयले नेपाल राष्ट्र बैंकका गभर्नर साहेबलाई दोष दिने गरेका छन् । अधिकांश लगानीकर्ताहरू गभर्नर साहेबको पदावधि कहिले सकिन्छ भनेर दिनगन्ती गरिरहेका पनि छन् । कतिपयले भने सेयरबजार नेप्से उकालो लाग्न नसकेको कारण लगानीकर्ताहरूलाई नै दोष दिने गरेका छन् । सेयरको मूल्य १० रुपैयाँ नाफा भएपछि बेच्ने लगानीकर्ताहरूलाई दोष दिने गरेका छन् । त्यसो त पछिल्लो समयमा सेयरको मूल्य १० रुपैयाँ बढेपछि बिक्री चाप बढेको देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया