दक्षिण अमेरिकामा १५ हजारभन्दा बढीको मृत्यु
सोल, वैशाख २५
दक्षिण अमेरिका र क्यारेबियन मुलुकहरुमा कोरोनाभाइरसबाट बुधबार बिहानसम्ममा १५ हजारभन्दा बढीको मृत्यु भएको छ । आधिकारिक विवरणहरुमा यस क्षेत्रमा २ लाख ८२ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् ।दक्षिण अमेरिकामा सबैभन्दा बढी व्यक्ति ब्राजिलमा ७ हजार ९ सय २१ जनाको ज्यान गएको छ भने १ लाख १४ हजार ७ सय १५ जना संक्रमित भएका छन् । यस्तै, मेक्सिकोमा २ हजार २ सय ७१ जना तथा इक्वेडरमा १ हजार ५ सय ६९ जनाको ज्यान गएको छ । विज्ञहरुका अनुसार आउँदा दिनहरुमा दक्षिण अमेरिकामा महामारी अरु बढ्नेछ ।
इक्वेडर, कोलम्बिया र डोमिनिकन रिपब्लिक लगायतका धेरै देशहरूले भाइरस फैलिनबाट रोक्न आफ्नो लकडाउनका उपायहरू अवलम्बन गरिरहेका छन् । प्यान–अमेरिकन हेल्थ अर्गनाइजेसन (पीएएचओ) ले प्रतिबन्धहरु खुकुलो बनाउनेक्रममा यस क्षेत्रका सरकारहरु बढी नै सजग हुनुपर्ने बताएको छ । अर्गनाइजेसनले खासगरी ब्राजिल, इक्वेडर, पेरू, चिली र मेक्सिकोमा भाइरस सर्न सक्ने खतरा धेरै उच्च रहेको चेतावनी दिएको छ ।
ब्राजिल यस क्षेत्रको पहिलो देश हो जहाँ कोरोनाभाइरस पहिलो पटक फेब्रुअरी २६ मा देखिएको थियो । कोरोना महामारीबाट सर्वा्धिक प्रभाव परेको इटालीको लोम्बार्डी भ्रमण गरेका एक ६१ वर्षीय व्यक्तिमा कोरोना भेटिएको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोनाभाइस संकटकै कारण दक्षिण अमेरिकाको कुल गार्हस्थ्य उत्पादनमा ५.२ प्रतिशतले संकुचन हुने जनाएको छ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ३७ लाखभन्दा बढी संक्रमित छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया