पीसीटी प्याटेन्ट एप्लिकेसन्समा ओप्पो पाँचौँ स्थानमा
काठमाडौं, वैशाख २६
वर्ल्ड इन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (डब्ल्यूआईपीओ)ले प्याटेन्ट कोओपरेसन ट्रिटी (पीसीटी) प्रणाली मातहत अन्तर्राष्ट्रिय प्याटेन्ट आवेदन २०१९ को नतिजा घोषणा गरेको छ । १ हजार ९ सय २७ निवेदनका साथमा ओप्पो कम्पनी एप्लिकेन्ट्सअन्तर्गत पीसीटी फाइलरहरुमध्ये उत्कृष्ट पाँचौंमा पर्न सफल भएको छ । १ सय ५० कन्ट्राक्टिंग स्टेट्ससहितको अन्तर्राष्ट्रिय ट्रिटी, पीसीटी मातहत १ अन्तरराष्ट्रिय प्याटेन्ट निवेदन दर्ता गराएबापत निवेदकले विभिन्न देशहरुमा आफ्नो आविष्कारको सुरक्षा प्राप्त गर्न सक्छन् ।
सन् २००९को सुरुवात देखि नै ओप्पो वैश्विकस्तरमा विभिन्न प्राविधिक क्षेत्रमा आफ्नो प्याटेन्ट एप्लिकेसन विस्तारका लागि तदारुकताका साथ लागि परेको छ । यही प्रक्रिया अन्तर्गत ओप्पोले आफ्नो डब्ल्यूआईपीओ इन्टरनेशनल प्याटेन्ट्स एप्लिकेसन ¥यांकिंगलाई पछिल्लो वर्षको १७औँ स्थानबाट पाँचौं स्थानमा झार्न सफल भएको छ ।
सन् २०२०को मार्च महिना सम्ममा ओप्पोले ४३ हजार वैश्विक प्याटेन्ट एप्लिकेसन्स दर्ता गराइसकेको छ भने, १६ हजार ओटाका लागि आधिकारिकता पनि प्राप्त गरिसकेको छ । समग्र निवेदनमध्ये झण्डै ८८ प्रतिशत आविष्कार सम्बन्धित रहेका छन् । ओप्पोले ३ हजारभन्दा बढी फाइभजी प्याटेन्ट निवेदन दर्ता गराइसकेको छ । साथै १ हजार ९ सय एआई प्याटेन्ट निवेदन रहेका छन् ।
त्यसैगरी कम्पनीले ६ हजार १ सय ईमेज प्याटेन्ट वैश्विकरुपमा दर्ता गराइसकेको छ, जसमध्ये २ हजारले आधिकारिकता प्राप्त गरिसकेको छ । कम्पनीले फास्ट चार्जिंग क्षेत्रअन्तर्गत पनि वैश्विक स्तरमा २ हजार ७ सयभन्दा बढी निवेदन दर्ता गराइसकेको छ । यीमध्ये १ हजार १ सयका लागि आधिकारिकता पनि प्राप्त गरिसकेको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया