न्युयोर्क । विश्वभरि जहाँ जहाँ नेपाली बसेका छन् त्यहाँ त्यहाँ संस्था स्थापना गरी नेपालीहरु एक आपसमा नजिक भई, संगठित भई नेपाललाई चिनाउने र नेपाली कला र संस्कृतिको प्रवन्ध र प्रचार प्रसार गर्नका लागि स्थापना गरेको संस्था हामी नेपाली ग्लोबल युएसए च्याप्टरकोे दोस्रो महाधिवेसन न्युयोर्कमा सम्पन्न भएको छ ।
न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्साघरमा सम्पन्न उक्त महाधिवेसनले सर्वसम्मतिबाट न्युयोर्कका चर्चित समाजसेवी बीरेन्द्रजंग केसीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । तीन जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षलगायत ११ जना वोर्ड सदस्य गरी १९ जनाको नयाँ कार्य समिति गठन गरिएको हो ।
स्याङ्जा समाज अमेरिकाका संस्थापक अध्यक्ष भई दुई कार्यकाल चलाई एनआरएनको सल्लाहकारलगायत विभिन्न सामाजिक कार्यमा संलग्न भई अनुभव बटुलेका बीरेन्द्रजंग केसीले आफ्नो कार्यकाल बोर्डका सदस्यहरुलगायत न्युयोर्कमा रहेका विभिन्न संघ संस्थाहरुसित सरसल्लाह र हातेमालो गरी नेपाललाई चिनाउने र नेपाली सामानहरु अमेरिकाको बजारमा कसरी बिक्री गरिने, कला र संस्कृतिको प्रचार र सम्वद्र्धन गर्ने भन्नेबारे सरसल्लाह गरी अगाडि बढ्ने कुरा बताए ।
कार्यक्रममा न्युयोर्क सिटीका मेयरका सल्लाहकार तथा राजनीतिज्ञ नवराज केसीलगायतले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका थिए ।
क्याटेगोरी : बिशेष
ताजा अपडेट
- नीति तथा कार्यक्रम : गण्डकीका कुन-कुन योजना परे ?
- प्राइम सहकारीकाे एक अर्व ५४ कराेड हिनामिना, अध्यक्ष कार्कीसहित आठ पक्राउ
- नीति तथा कार्यक्रम सकारात्मक स: सत्ता पक्ष
- नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले
- क्रिकेटर लामिछानको मुद्दा हेर्दाहेर्दैमा
- अदालती समयपछि पनि सन्दीपको मुद्दामा बहस जारी
- प्राइम सहकारी पनि डुब्यो, प्रहरीद्वारा उजुरी आह्वान
- शिक्षकले दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया