दशैँको मुखमा किसानलाई धान भित्र्याउने चटारो
दोलखा । नेपालीहरूको मुख्य पर्व दशैँको मुखमा किसानहरूलाई भने धान भित्र्याउने चटारो छ । दोलखाको बैतेश्वर गाउँपालिका–६ का किसानहरू यतिबेला धान काट्न र झार्नमा व्यस्त छन् ।
यहाँका करिब दर्जनभन्दा बढी किसानले दशैँअघि नै धान काटिसकेका छन् । यसवर्ष दशैँ ढिलो भएकाले पनि खेतमा धान पाकेर सुक्न थालेकोले किसानहरू दशैँअघि नै धान भित्र्याउनतिर लागेको स्थानीय किसान हेमकुमार घिमिरेले बताए । उनी पनि हाल धान काटेर झार्ने काममा व्यस्त छन् । धानबाली भित्र्याएर मात्र दशैँको तयारीमा लाग्ने घिमिरेको भनाइ छ । घिमिरे भन्छन्, ‘मौसम धुम्म बनिरहन्छ । दशैँमा पानी प-यो भने वर्षभरि खाने कमाइ बिग्रने तथा नष्ट गर्ने हुँदा पानी र असिनाको डरले पनि दशैँअघि नै धान काटेको हो ।’ घिमिरले मात्रै होइन, सोही ठाउँका अर्का किसान राम योगीले पनि आठ पाथी धानको बीउ लगाएको खेतमा धान काटेर भ्याइसके । मनसुनले साथ दिएको हुँदा धान उत्पादन पनि राम्रो भएको उनले सुनाए ।
गाउँघरमा दशैँले छपक्कै छोपेको छ । सहर पसेकाहरू परिवारसँग दशैँ मनाउन गाउँघर फर्किन थालिसकेका छन् तर गाउँका स्थानीयलाई भने दशैँको भन्दा धान भित्र्याउने चटारो चलेको योगीले सुनाए । ज्यामिरे खेतमा दशैँअगावै आधाभन्दा बढी खेतमा धान काटेर सकिएको छ ।
क्याटेगोरी : बिबिध, सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- सदनमा गृहमन्त्री लामिछानेलाई बोल्न दिने विपक्षी दलको निर्णय
- तोलामा एक हजार छ सयले सुनको मूल्यमा वृद्धि
- विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
- मौद्रिक नीतिले पार्ने प्रभाव
- आसन्न बजेट भाषण र तलब वृद्धि
- संसद्मा अब यस्तो कहिल्यै नहोस्
- प्रथम पशुपति चौलागाईं स्मृति कपको उपाधि कालिञ्चोकलाई
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया