चिनी मिल सञ्चालन हुने तयारी भएपछि किसान उखुखेतीतर्फ आकर्षित
भजनी (कैलाली) । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी थालेको छ । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन् ।
चिनी मिल सञ्चालन हुने भएपछि उखुखेती सुरु गरेको कैलालीको टीकापुरका धनसिंह साउदले बताए । “मिल सञ्चालकसँग समन्वय गरेर उखुखेती सुरु गरेका छौँ,” उनले भने, “मिल सञ्चालन भए उखु खेती थप विस्तार गर्ने योजना छ ।”
आगामी वर्ष मिल सञ्चालन गर्ने गरी काम भइरहेको राजापुर सुगर एण्ड केमिकल्स प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले बताए । “किसानलाई उखु खेतीका लागि आग्रह गरेका छौँ”, उनले भने, “उखु उत्पादनसँगै मिल सञ्चालनको पनि काम भइरहेको छ ।”
मिल सञ्चालन गर्न रु. दुई अर्बभन्दा बढी लागत लाग्ने अनुमान कम्पनीको छ । कम्पनीले २० बिघा जग्गा खरिद गरेर काम थालेको छ । मिल पूर्णरूपमा सञ्चालन गर्नका लागि पाँच हजारदेखि छ हजार बिघामा उखुखेती आवश्यक पर्ने निर्देशक ओलीले बताए । उनले भने मिल सञ्चालनमा आए भने पाँच सयभन्दा बढी जनाले प्रत्यक्षरुपमा रोजगारी पाउनेछन् ।
किसान सुरेन्द्र चौधरीले राजापुरमा चिनी मिल सञ्चालन भए बर्दियाका किसानले मात्रै नभई कैलालीका किसानले पनि लाभ लिनसक्ने बताए । बाढी र डुबानका कारण अन्य खेतीको उत्पादन राम्रो नहुँदा चिन्तित भएका किसान चिनी मिलले खेती बाँझो नहुने भन्दै आशावादी बनेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- कोरियाले हरित रोजगारीका निम्ति ९८ लाख डलर दिने
- तनहुँ अध्यक्षमा नेकपा एमालेका कँडेल विजयी
- भारतसँगका समस्या वार्ता र कूटनीतिबाट समाधान गर्नुपर्छ: परराष्ट्रमन्त्री
- कांग्रेसको चारतारे झण्डाको अन्तर्य !
- अन्तर्राष्ट्रिय परिवार दिवस र नेपाल
- गलत निर्णय गर्ने पनि दण्डित हुनैपर्छ
- मौरीपालनतर्फ आकर्षित बन्दै कृषक
- परम्परागत शैली प्रयोग गरेर नमुना बस बिसौनी निर्माण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया