काठमाडौं, जेठ ४
सरकारले जारी गरेको ‘लकडाउन’लाई कडाइका साथ कार्यान्वयन गराउन फ्रन्टलाइनमा रहेर ट्राफिक प्रहरी अहोरात्र खटिँदै आएको छ । ट्राफिक प्रहरीले सवारी आवागमनलाई व्यबस्थित र कडाई गर्नका लागी चेकजाँच र सोधपुछ गर्दा सवारी चालकसंग सबैभन्दा पहिले ‘फेस’ गर्नुपर्छ जसले गर्दा कोरोना भाइरस संक्रमणको उच्च जोखिममा ट्राफिक प्रहरी रहेको छ ।
दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई कोरोना भाइरसबाट हुने जोखिम न्यूनीकरणका लागि महाशाखाले उपत्यकाको २६ वटा मुख्य चोक तथा नाकाहरूमा खटिने ट्राफिक प्रहरीलाई पीपीई (पर्सनल प्रोटेक्ट इक्विपमेन्ट) र ४६ स्थानमा फेस सिल्ड (भाईजर) र पञ्जा लगाई डिउटी गर्ने व्यबस्था मिलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिएका छन् ।
एसएसपी ढकालले, ट्राफिक प्रहरी सडकमा प्रत्यक्षरुपमा खट्टिनुपर्ने भएकाले माहामारीकोरुपमा फैलिरहेको कोरोनो भाइरस संक्रमणबाट बच्नका लागि पूर्वसावधानी अपनाउन यस्तो व्यवस्था गरिएको हो । पर्याप्त मात्रामा पीपीई नभएकाले पीपीई नभएका त्यस्ता स्थानमा खटिने ट्राफिक प्रहरीलाई भने कम्तीमा २ मि.को सामाजिक दूरी कायम राखि सुरक्षित भई चेकजाँचको व्यवस्था मिलाएको बताए ।
महाशाखाले प्रत्येक ट्राफिक प्रहरीलाई सेनिटाइजरसँगै मास्क, पञ्जा, साबुन आवश्यकताअनुसार वितरण गरिरहेको र यसबाट बच्ने उपाय तथा पालना गर्नुपर्ने सावधानीलगायतका विषयहरुमा नियमितरुपमा ब्रिफिङ समेत गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । प्रबक्ता श्रेष्ठले लकडाउनलाई कडाइका साथ पालना गराउन खटिने सम्पूर्ण ट्राफिक प्रहरीलाई सुरक्षित भई सामाजिक दूरी कायम राखी चेकजाँच र सवारी व्यवस्थापन गर्न दैनिक निर्देशन र अनुगमन एव सचेत गराइरहेको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया