भारतीय सेयरबजारको पुँजीकरण ४० खर्ब डलर
नयाँदिल्ली । भारतीय सेयरबजारमा पुँजीकरण ४० खर्ब डलर पुगेको छ । जुन अहिलेसम्मकै धेरै हो । बुधबार बीएसई सेन्सेक्समा सूचीकृत स्टकहरुको कुल बजार पुँजीकरण तीन सय ३३ लाख करोड भारु पूरा गर्दै अल टाइम हाई रेकर्ड बनाएको छ । यससँगै भारतको समग्र इक्विटी मार्केटको पुँजीकरण ४० खर्ब डलर पुगेको छ ।
सन् २०२३ मा मात्रै भारतीय सेयर बजारको पुँजीकरण ५१ लाख करोड भारुले बढेको छ । बजार पुँजीकरणका आधारमा भारतीय सेयर बजार अमेरिका, चीन, जापान र हङकङपछि पाँचौँ स्थानमा छ ।
साना र मिडक्याप स्टकहरुको उत्कृष्ट प्रदर्शन र दलाल स्ट्रीटमा आएको आइपीओले सेयर बजार पुँजीकरणमा तिव्र वृद्धि भई नयाँ रेकर्ड कायम भएको हो । सूचीकृत कम्पनीहरुको सेयर मूल्यमा हुने वृद्धि र नयाँ कम्पनीहरुको आईपीओ सूचीकरणका कारण सेयर बजारको पुँजीकरण बढ्ने गर्छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ललितपुर आगलागी : मृतकको संख्या तीन पुग्यो
- सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
- वैदेशिक रोजगारीको नाममा ठगी गर्ने चार जना पक्राउ
- आज कांग्रेस संसदीय दलको बैठक बस्ने
- आजको मौसम: गण्डकी, कोशी र बागमतीमा वर्षा
- स्मार्ट राइड सेयरिङ प्लेटफार्म ‘जुमजुम’ सञ्चालनमा
- ड्रिम नेक्स्ट एजुकेसनल फाउन्डेसनले बहु–गन्तव्य मेला गर्ने
- जिटो नेपाल र जिटो टीएनएपीटीएस जोनबीच सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया