बीमकले उपलब्ध गराउने तालिमहरू भर्च्युअलरूपमा दिन सकिने
काठमाडौँ जेठ ८
बीमकले उपलब्ध गराउने तालिमहरू भच्र्युअलरूपमा दिन सकिने भएको छ । बीमा समितिले बुुधबार बीमा कम्पनीहरूको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । परिपत्रअनुुसार समितिले बीमकका लागि जारी गरेको बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६ को अधिनमा रही बीमालेख अनलाइन बिक्ती गर्ने कार्यविधि तयार गरी समितिमा पेस भएमा औचित्यका आधारमा स्वीकृत गर्न सकिनेछ ।
समितिको निर्देशनको अधिनमा रही लक डाउनको अवधिभरि बीमकले उपलब्ध गराउने तालिमहरू अनलाइन तथा भच्र्युुअलरूपमा गर्न सकिने उक्त तालिमको सफ्ट कपीसहितको प्रतिवेदन पेस गर्नुपर्ने छ । बीमालेख धितो राखी बीमितहरूलाई प्रदान गरिएको कर्जामा लाग्ने ब्याजदरमा लकडाउनको अवधि समाप्त भएको एक महिनाभित्र ब्याज बुुझाउन आएमा ब्याजको १५ दिनसम्म छुट र बीमकले व्यवस्थापन खर्च न्यूनीकरण गर्ने सम्बन्धमा समितिले प्रस्ताव पेस गरेमा औचित्यका आधारमा स्वीकृत गर्न सकिने समितिले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
- समसामयिक राजनीतिक व्यङ्ग्य
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया