धनगढी उडेको बुद्ध एयर र श्री एयरलाइन्सको जहाज बाक्लो हुस्सुका कारण सुर्खेत विमानस्थलमा अवतरण
धनगढी । बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ । बुधबार बिहान काठमाडौंबाट उडेको बुद्ध एयर र श्री एयरलाइन्सको जहाज अवतरण गर्न नसकेपछि दुवै जहाजलाई सुर्खेत विमानस्थलमा अवतरण गरिएको थियो ।
बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हानेको श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले बताए । उनले सुर्खेत विमानस्थलमा अवतरण गरिएको जहाज मौसम खुलेपछि मात्र त्यहाँबाट उड्ने बताए ।
त्यस्तै प्रतिकुल मौसमका कारण बिहान ९ बजेर ४० मिनेटमा काठमाडौंबाट उडेको बुद्ध एयरको जहाज कर्णालीको आकाशबाटै फर्किएर सुर्खेत विमानस्थलतर्फ गएको थियो । विमान अवतरण हुन नसकेपछि फर्किएको बुद्ध एयर धनगढीका प्रमुख बुद्धराम माझीले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
- राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक
- महिन्द्रा उत्सव योजनाका लक्की ड्र विजेताहरूलाई पुरस्कार हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया