Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसोलुखुम्बुमा आगामी आर्थिक वर्षमा दुई अर्बभन्दा बढी रकम प्राप्त हुने

सोलुखुम्बुमा आगामी आर्थिक वर्षमा दुई अर्बभन्दा बढी रकम प्राप्त हुने


महेन्द्र शाही
सोलुखुम्ब, जेठ २१
सोलुखुम्बुको स्थानीय तहले आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट दुई अर्ब पाँच करोड ५६ लाख बजेट प्राप्त गरेका छन् । जिल्लाका ८ वटा स्थानीय तहले सो रकम संघीय सरकारबाट सामानीकरण र सशर्त अनुदानबापत प्राप्त गरेका हुन् । संघीय सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि सार्वजानिक गरेको बजेटअनुसार जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाले ४१ करोड ४६ लाख प्राप्त गरेको छ । जसमा समानीकरण अन्तर गर्त १३ करोड सात लाख, सशर्त अनुदानतर्फ २६ करोड ८९ लाख र एक करोड ५० लाख विशेष अनुदान रहेको छ ।

यस्तै गाउँपालिकातर्फ थुलुङदूधकोशी गाउँपालिकाले ३३ करोड १९ लाख प्राप्त गरेको छ । जसमा समानीकरण अनुदान १२ करोड ५८ लाख र सशर्त अनुदान २० करोड ६१ लाख रहेको छ । यस्तै नेचासल्यान गाउँपालिकाले समानीकरणतर्फ ११ करोड ५५ लाख र सशर्ततर्फ १९ करोड ३३ लाखसहित जम्मा ३० करोड ८८ लाख प्राप्त गरेको छ । जुन गाउँपालिकातर्फ सबैभन्दा बढी रकम प्राप्त गर्ने गाउँपालिका पनि हो । यता माप्यदूधकोशी गाउँपालिकाले समानीकरण अनुदानबापत १० करोड २२ लाख, सशर्त अनुदानबापत १४ करोड छ लाख र समपूरक अनुदान ८० लाख गरी जम्मा २५ करोड आठ लाख प्राप्त गरेको छ भने खुम्बु पासाङ ल्हामु गाउँपालिकाले १८ करोड ५५ लाख प्राप्त गरेको छ । जसमा समानीकरण अनुदानतर्फको आठ करोड ५२ लाख र सशर्त अनुदान १० करोड तीन लाख रहेको छ ।

जिल्लाको लिखुपिके गाउँपालिकाले समानीकरण छ करोड ७३ लाख र सशर्त अनुदान आठ करोड ९४ लाख गरी जम्मा १५ करोड ६७ लाख प्राप्त गरेको छ । जुन जिल्लामा सबैभन्दा कम रकम प्राप्त गर्ने गाउँपालिका हो । यता सोताङ गाउँपालिकाले समानीकरण आठ करोड ३९ लाख र सशर्त अनुदान १२ करोड पाँच लाख गरी जम्मा २० करोड ४४ लाख प्राप्त गरेको छ । यस्तै जिल्लाको कर्णालीका रूपमा चिनिने महाकुलुङ गाउँपालिकाले २० करोड २९ लाख रकम प्राप्त गरेको छ । जसमा समानीकरणतर्फ नौ करोड ४० लाख, सशर्त अनुदानमा १० करोड नौ लाख र विशेष अनुदानबापत ८० लाख रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया