कोरोना भाइरस संक्रमणमा भारत इटलीभन्दा अगाडि, दिनमा झण्डै दश हजार संक्रमित
नयाँ दिल्ली, जेठ २५
विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणमा भारतले इटलीलाई पनि जितेको छ । विश्वमै धेरै संक्रमित भएका देशहरुको सूचीमा छैठौँ अग्रपंक्तिमा रहेको इटलीलाई उछिनेर अहिले भारत छैटौ अग्रपंक्तिमा पुगेको हो ।
भारतमा अहिले कुल संक्रमितको संख्या २ लाख ३६ हजार ६ सय ५७ पुगेको अधिकारीहरुले जनाएका छन् । इटलीमा भने अहिलेसम्म दुई लाख ३४ हजार ५ सय ३१ जना कोरोना भाइरस संक्रमित रहेका छन् । कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या भने भारतमाभन्दा इटलीमा अत्यधिक धेरै रहेको छ । भारतमा अहिलेसम्म ६ हजार ६४२ को मृत्यु भएको छ भने इटलीमा ३३ हजार ७७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
भारतका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८ सय ८७ जना संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा २ सय ९४ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । भारतमा संक्रमित भएका मध्ये १ लाख १४ हजार ७३ जना संक्रणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् ।
देशभरी संक्रमित मध्ये सवैभन्दा धेरै महाराष्ट्रमा राज्यमा रहेको छ । त्यहाँ कुल ८० हजार २ सय २९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । तीमध्ये ४२ हजार २ सय २४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । दोस्रो स्थानमा रहेको तमिलनाडू राज्यमा कुल २८ हजार ६९४ जना संक्रमित भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । (रासस/एएनआई)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया