एनआईसी एसिया क्यापिटलको पुँजीबजार साक्षरता कार्यक्रम
काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा ग्लोबल मनी विक–२०२४ को अवसरमा लुम्बिनी प्रदेशअन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पामा पुँजीबजार साक्षरता तथा अन्तर्क्रिया कार्यक्रम मिति २०८० साल चैत्र ९ गते सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत श्री दामोदर रायमाझीले डिम्याट खाता, प्राथमिक सेयर, धितोपत्रको दोस्रोबजार, मुद्रा बजार उपकरणहरू, सामूहिक लगानी कोष, दोस्रोबजारमा सूचीकृत कम्पनीहरूमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानीसम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुरालगायत समग्र पुँजीबजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल गरिएको थियो । अधिकांश मर्चेन्ट बैंकहरू उपत्यका केन्द्रित रहेको र काठमाडौं उपत्यकाबाहिरबाट मर्चेन्ट बैंकहरूले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यकाबाहिरका बसोबास गर्ने युवाहरूलाई लक्षित गरी ग्लोबल मनी विक–२०२४ को अवसरमा प्रोटेक्ट योर मनी, सेक्युअर योर फ्युचर भन्ने नारासहित सहज र कमाएको पैसा कसरी बचत गर्ने र बचत गरेको रकमबाट कसरी सरलरूपमा मुद्रा बजार उपकरणहरू तथा पुँजीबजारमा सुरक्षितरूपमा कसरी कारोबार गर्न सकिन्छ भन्ने सम्बन्धमा धितोपत्र बोर्डको प्रतिनिधि, एनआईसी एसिया क्यापिटलको उच्च व्यवस्थापन तहका कर्मचारी र सहभागीहरू बीच छलफल तथा अन्तक्र्रिया गरिएको थियो । साथै, उक्त कार्यक्रममा एक सय ८० जनाभन्दा बढी युवा विद्यार्थी, शिक्षकलगायत अन्य लगानीकर्ताहरूको समेत सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पेट्रोलियम पदार्थ ढुवानीमा भएको अवरोध हटाउन कांग्रेसको माग
- वर्षा सुरु नहुँदै निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो
- पहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल
- चट्याङ लागेर एकजनाको मृत्यु
- लोकतन्त्र प्रवचन र भाषण होइन : पूर्वसभामुख सापकोटा
- सीआईबीद्वारा ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
- सबैलाई सम्मान गर्ने हाम्रो आफ्नै परम्परा छ : सभापति देउवा
- वर्लिनमा राष्ट्रपतिको सम्मानमा स्वागत समारोह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया