हुन्डाइले विद्युतीय गाडी उत्पादनका लागि थप ५० अर्ब लगानी गर्ने
काठमाडौं । दक्षिण कोरियाको प्रख्यात कार निर्माता कम्पनी हुन्डाइले बजार प्रवर्द्धनका लागि सन् २०२६ सम्म ५० अर्ब ५० करोड डलरभन्दा बढी लगानी गर्ने भएको छ । बिक्रीका आधारमा हुन्डाइ विश्वमै तेस्रो ठूलो कार काम्पनी हो । अमेरिकाको टेस्ला र चीनको बीवाईडीको तुलनामा विद्युतीय सवारी उत्पादनमा दक्षिण कोरियाको हुन्डाइ निकै पछाडि छ । यही कारण हुन्डाइले आफ्नो बजार प्रवद्र्धनमा ठूलो रकम खर्च गर्ने योजना सार्वजनिक गरेको हो ।
हुन्डाइले सन् २०३० सम्ममा विद्युतीय कारको उत्पादन ३६ लाख युनिटभन्दा बढी पु¥याउने लक्ष्य राखेको छ । सो अवधिसमम वार्षिक १५ लाख १० हजार युनिट उत्पादन पुर्याउने लक्ष्य राखेको छ ।
हुन्डाइले आफ्नो भविष्यको गतिशील परियोजनाहरूमध्ये सवारी उत्पादनमा कुल बजेटको ६३ प्रतिशत हिस्सा लगानी गर्न लागेको हो । यस योजनापछि दक्षिण कोरियामा ८० हजार नयाँ रोजगारी सिर्जना हुने कम्पनीको दाबी छ । हुन्डाइले अब तीनवटा नयाँ विद्युतीय कार निर्माण कारखाना स्थापना गर्नेछ ।
हुन्डाइले विद्युतीय सवारीसाधन उत्पादन रणनीतिमा पूर्वाधार, सफ्टवेयर, ब्याट्री टेक्नोलोजी र स्वचालित ड्राइभिङमा पनि लगानी गर्ने उल्लेख छ । हुन्डाइको किया मोडेलको कारले पछिल्लो एक दशकमा ‘एसयूभी’को बिक्रीमा एक सय ५० प्रतिशतभन्दा बढीको वृद्धि हासिल गरेको छ ।
एसयूभीले सेडानको तुलनामा करिब १२ प्रतिशत बढी कार्बनडाइअक्साइड उत्सर्जन गर्ने भन्दै हुन्डाइलाई एसयूभीको बिक्री घटाउन आग्रह गरिएको थियो । रिपोर्टका बारेमा सोधिएको प्रश्नमा हुन्डाइले कियाको ईभी–६ र इभी–९ सहित ‘पूर्ण विद्युतीय एसयूभी’ कारको बजार क्षेत्रलाई विस्तार गरिरहेको बताएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 5
ताजा अपडेट
- भीमप्रसाद ढकाल र उमेशराज जोशी एआईजीमा बढुवा
- सरकारले जेठ एक गते नीति तथा कार्यक्रम ल्याउने
- भाइरल गायिका अन्जु विश्वकर्माको स्वरमा रहेको ‘यो जिन्दगीको’ गीत सार्वजनिक
- माछापुच्छ्रे बैंक सिम्ले शाखाद्धारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग
- महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न
- मौद्रिक नीति र बजेटको तालमेल हुने बजेट ल्याउनु पर्छ : अध्यक्ष ढकाल
- विद्युतीय गाडीको भन्सार बढाएर गरिबलाई निःशुल्क ‘इन्डक्शन’ चुलो बाढौं : अर्थविद गौचन
- विद्यालय शिक्षा र उच्च शिक्षाबीच रहेको ठूलो खाडल अन्त्य गरिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया