Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविद्युतीय गाडीको भन्सार बढाएर गरिबलाई निःशुल्क ‘इन्डक्शन’ चुलो बाढौं : अर्थविद गौचन

विद्युतीय गाडीको भन्सार बढाएर गरिबलाई निःशुल्क ‘इन्डक्शन’ चुलो बाढौं : अर्थविद गौचन


काठमाडौं । अर्थविद विश्वास गौचनले विद्युतीय गाडीमा भन्सार बढाएर गरिवलाई निःशुल्क इन्डक्शन चुलो वितरण गर्नु पर्ने बताएका छन् । बिहीबार काठमाडौं नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा अर्थविद गौचनले यस्तो बताएका हुन् ।

‘सरकार विद्युतीय गाडीमा छुट दिएर आफ्नै खुट्टामा आफैले बञ्चरो हान्ने काम गरेको छ । विद्युतीय गाडीमा भन्सार छुट दिँदा हुने खानेले सस्तो पैसामा महँगो गाडी चढ्न पाउनुबाहेक अरू कुनै फाइदा भएको छैन,’ उनले भने । विद्युतीय गाडीमा भन्सार छुट दिनुको साटो भन्सार लगाइदिने र त्यही पैसाले दूरदराजका नागरिक र गरिबहरूलाई निःशुल्क इन्डक्शन अर्थात् विद्युतीय चुलो वितरण गरेमा त्यो फलदायी हुने गौचनको भनाइ थियो ।

‘विद्युतीय गाडी आयातमा सरकारले दिएको छुटको पैसाले गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनसंख्यालाई निःशुल्क बिजुली र निःशुल्क विद्युतीय चुलो बाँड्न पुग्छ, सरकारले यतातिर ध्यान दिनुपर्छ’ उनले भने । सरकारले विद्युतीय गाडीकै कारण ४० अर्ब रुपैयाँ राजस्व गुमाउने तर त्यसको फाइदा केही धनी वर्गले मात्रै पाउने हुँदा यसबारेमा आउँदो बजेटमा विचार गर्न अर्थविद गौचनको सुझाव छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार

तपाईको प्रतिक्रिया