निर्जीवन बीमा कम्पनीले उठाए २६ अर्ब २६ करोड बीमाशुल्क
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म २६ अर्ब २६ करोड ८४ लाख ३४ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र तीनवटा लघु निर्जीवन बीमा कम्पनीले १९ लाख ६३ हजार २४ वटा बीमालेख जारी गरी सो रकमबराबर बीमाशुल्क आर्जन गरेका हुन् ।
बीमा कम्पनीहरूले आर्जन गरेको बीमाशुल्क रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो । प्राधिकरणका अनुसार गतवर्षको आठ महिनामा निर्जीवन बीमा कम्पनीहरूले १८ लाख ७६ हजार चार सय ५३ वटा बीमालेख जारी गरी २५ अर्ब ८७ करोड ३३ लाख ६० हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।
यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ३२ हजार पाँच सय ५२ वटा बीमालेख जारी गरी ९९ करोड ४७ लाख छ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणले जानकारी दिएको छ । यस अवधिमा दि ओरियन्टल इन्स्योरेन्सले २८ हजार दुई सय ७३ वटा बीमालेख जारी गरी एक अर्ब १८ करोड २४ लाख ७८ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले पनि एक लाख ३४ हजार चार सय ४७ वटा बीमालेख जारी गरी एक अर्ब २६ करोड २० लाख १५ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेसनल इन्स्योरेन्स कम्पनीले २३ हजार चार सय ३५ वटा बीमालेख जारी गरी ७६ करोड १३ लाख ९२ हजार रूपैयाँ बीमाशुल्क आार्जन गर्दा नेको इन्स्योरेन्सले दुई लाख दुई हजार आठ सय ५२ वटा बीमालेख जारी गरी दुई अर्ब १९ करोड ९१ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
प्रभु इन्स्योरेन्सले फागुनसम्म ८१ हजार दुई सय छवटा बीमालेख जारी गरी एक अर्ब २० करोड १७ लाख ४५ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले पनि दुई लाख आठ हजार दुई सय ४५ वटा बीमालेख जारी गरी तीन अर्ब ७१ करोड ८७ लाख २५ हजार रूपैयाँ आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्सले एक लाख ३२ हजार एक सय ६७ वटा बीमालेख जारी गरी एक अर्ब ६२ करोड सात लाख ३१ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक लाख ६६ हजार एक सय ८९ वटा बीमालेख जारी गरी दुई अर्ब आठ करोड ९१ लाख ७० हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले पनि एक लाख तीन हजार ४७ वटा बीमालेख जारी गरी एक अर्ब ५६ करोड १३ लाख ७३ हजार रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले दुई लाख तीन हजार पाँच सय ६५ वटा बीमालेख जारी गरी दुई अर्ब ५६ करोड ११ लाख ३६ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले एक लाख ५६ हजार पाँच सय ६५ वटा बीमालेख जारी गरी तीन अर्ब चार करोड ३१ लाख ९८ हजार रूपैयाँ बीमाशुल्क आर्जन गर्दा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एक लाख ६२ हजार तीन सय ५४ वटा बीमालेख जारी दुई अर्ब २० करोड २३ लाख ४६ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले साउनदेखि फागुनसम्म एक लाख ४१ हजार सात सय ६९ वटा बीमालेख जारी गरी एक अर्ब ७४ करोड ६९ लाख ३२ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
लघुबीमातर्फ ४५ हजार तीन सय ५८ वटा बीमालेख जारी भएकोमा १० करोड ३३ लाख ६२ हजार रूपैयाँ बीमाशुल्क आर्जन भएको छ । जसमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले २६ हजार दुई सय ४३ वटा बीमालेख जारी गरी चार करोड ९० लाख ९५ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले नौ हजार एक सय ५० वटा बीमालेख जारी गरी तीन करोड ४८ लाख एक हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी स्टार माइक्रो इन्स्योरेन्स कम्पनील पनि नौ हजार नौ सय ६५ वटा बीमालेख जारी एक करोड ९४ लाख ६५ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1
ताजा अपडेट
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
- राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक
- महिन्द्रा उत्सव योजनाका लक्की ड्र विजेताहरूलाई पुरस्कार हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया