जनसचेतनका साकोसद्वारा पाँच हजार बढी सदस्यलाई सहकारी शिक्षा प्रदान
दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा मुख्य कार्यालय रहेको जिल्लाकै ठूलो जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले जिल्लाका ग्रामीण भेगका पाँच हजारभन्दा बढी सदस्यलाई वित्तीय साक्षरता तथा सहकारी शिक्षा दिएको छ ।
संस्थाले आफ्नो ग्रामीण भेगका कुनाकाप्चाका सहकारीलाई बुझ्न् नसकेका ९२ वटा टोलमा पुगेर वित्तीय साक्षरता तथा सहकारी शिक्षा दिएको हो । संस्थाले सञ्चालन गरेको वित्तीय साक्षरता तथा सहकारी शिक्षा शिविरमा पाँच हजार आठ सय ९० जना सेयर सदस्यहरू लाभान्वित भएको संस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले जानकारी दिए । उनका अनुसार संस्थाले १७ वटा सेवा केन्द्रबाट सो शिविर सञ्चालन गरेको थियो । सहकारी शिक्षाअन्तर्गत सहकारीको आर्थिक गतिविधि, ऋण कारोबार, सञ्चालकको दायित्व, असल ऋणी बन्न सदस्यले देखाउने इमानदारिता, सहकारीमा सुशासन, कोष विभाजन तथा प्रयोजन, पुँजी परिचालन लगायतका विषयमा सेयरधनीलाई जानकारी प्रदान गरिएको थियो ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- ट्रम्प टावरमा फ्ल्याट किन्ने नेपाली नेता को हुन् ?
- सहकारीको सम्पत्ति ब्याङ्कमा धितो, लिलामी गरेर बचत फिर्ता गर्न चुनौती
- हेलिकोप्टर दुर्घटनामा राष्ट्रपतिको मृत्युपछि इरानमा पाँचदिने राष्ट्रिय शोक
- रवि लामिछाने र गगन थापाबीचको आरोप प्रत्यारोपः राजनीतिक दाउपेच कि लोकरिझ्याइँ?
- डीएसपी थापा कतै जवाफदेही हुनुपर्दैन ?
- वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन
- आज दिउँसो देशभर आंशिक बदली हुने
- चीनले ऋणको ब्याजदर घटायो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया