माछापुच्छ्रे बैंकद्वारा सिद्धार्थनगरमा नवनिर्मित भवनको समुद्घाटन
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ । मंगलबारका आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष रोशन केसीले संयुक्तरूपमा समुद्घाटन गरेका हुन् ।
उक्त समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका मेयर अहमद खाँले माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नै नयाँ कार्यालय भवनबाट कार्य शुभारम्भ गरेको अवसरमा खुसी व्यक्त गर्दै बैंकलाई अझै उचाइमा लग्न बैंक सञ्चालक एवं व्यवस्थापन समितिलाई शुभकामना व्यक्त गरे । उक्त कार्यक्रममा बोल्दै बैंक सञ्चालक समितिका अध्यक्ष केसीले माछापुच्छ्रे बैंकले हरेक क्षेत्र र वर्गमा बैंकिङ सेवा पुर्याउने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको र लुम्बिनी प्रदेशमा आफ्नै कार्यालय भवनबाट सेवा प्रदान गर्न पाउँदा निकै नै हर्ष लागेको बताए । साथै, बैंकले गुणस्तरीय सेवा प्रदान गर्नको लागि कुनै पनि कुरामा सम्झौैता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उक्त औपचारिक समारोहमा सिद्धार्थनगर नगरपालिकाका उपमेयर, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका निर्देशक तथा उपनिर्देशक, सुरक्षा संयन्त्रका प्रमुखलगायत बैंक सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहका कर्मचारी एवं बैंकका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सहकारीको सम्पत्ति ब्याङ्कमा धितो, लिलामी गरेर बचत फिर्ता गर्न चुनौती
- हेलिकोप्टर दुर्घटनामा राष्ट्रपतिको मृत्युपछि इरानमा पाँचदिने राष्ट्रिय शोक
- रवि लामिछाने र गगन थापाबीचको आरोप प्रत्यारोपः राजनीतिक दाउपेच कि लोकरिझ्याइँ?
- डीएसपी थापा कतै जवाफदेही हुनुपर्दैन ?
- वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन
- आज दिउँसो देशभर आंशिक बदली हुने
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया