मदनरात भट्ट
डडेल्धुरा, जेठ ३०
वर्षौंदेखि डडेल्धुराको महाभारत वन क्षेत्रलाई संरक्षित वन क्षेत्र बनाउन लाखौं खर्च गरिसकेको डिभिजन वन कार्यालय डडेल्धुराले सरोकारवालाहरूको आँखा छल्दै आरक्ष बनाउने तयारी थालेको छ । महाभारत वनक्षेत्रलाई वन ऐनअनुसार संरक्षित क्षेत्र घोषणा गर्न २०६८ सालमा कार्ययोजना स्वीकृत गरिसकेको र २०७१ साल असार २५ गते राजपत्रमा सूचना प्रकाशित गर्न वन विभागले सिफारिस गरिसकेको छ ।
२०७१ सालमै महाभारत संरक्षण परिषद्को तदर्थ समिति गठन गरिएकोमा हाल सो समिति निष्क्रिय छ । जनचेतनामूलक कार्यक्रमका नाममा गोष्ठी र अन्तरक्रिया गर्न वर्षेनी लाखौं रकम खर्च गरिरहेको डिभिजन वन कार्यालय डडेल्धुराले पछिल्लो समयमा सबै सरोकारवालाहरूको आँखा छलेर महाभारत वन क्षेत्रलाई आरक्षका रूपमा विकास गर्न भित्रभित्रै लविङ गरिरहेको छ । महाभारत संरक्षित वन क्षेत्रका नाममा वन कार्यलयले वर्षेनी लाखौं रकम खर्च गरिरहेको छ ।
गत आर्थिक वर्षमा महाभारत वन संरक्षणका नाममा तीन लाख बजेट विनियोजन भएको थियो । वन कार्यालयले उक्त रकम जिल्लाकै प्रतिष्ठित रातो गुरास रिसोर्टमा गोष्ठी सम्पन्न गरेर सकाएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । चालू आर्थिक वर्षमा समेत १० लाख विनियोजित बजेटमध्ये सब डिभिजनस्तरीय गोष्ठी र जिल्लास्तरीय गोष्ठीका साथै प्रचारप्रसार सामग्री निर्माणमा खर्च भइसकेको डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए । २०६८ सालदेखि हालसम्म २४ लाख २० हजार रूपैयाँ महाभारत वन संरक्षणका लागि खर्च भइसकेको उनको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया