सन्तोष पौडेल
बीरगञ्ज, असार २
स्थानीय र प्रदेश सरकारबाट उपभोक्ता समितिअन्तर्गत विभिन्न विकास योजनाका काम लिएका उपभोक्ता समितिले ठेकेदारमार्फत कमिसनमा काम गराइरहेका पाइएको छ । उपभोक्ता समिति बनाएर विकास निर्माणका काम गर्न स्थानीय तथा प्रदेश सरकारबाट विनियोजित रकम लिएका समितिहरूले ठेकेदारलाई कमिशनमा योजना बिक्री गर्ने गरेको पाइएको छ । ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिकाहरूमा उपभोक्ता समिति बनाएर स्थानीय र प्रदेश सरकारबाट काम लिएकाहरूले ठेकेदारलाई १० देखि २० प्रतिशत कमिसनमा ठेक्का दिने गरेको स्रोतले जनाएको छ ।
अहिले यो क्षेत्रमा उपभोक्ता समितिमार्फत भइरहेका अधिकांश निर्माणकार्य ठेकेदारले गरिरहेको बताइएको छ । ठेकेदारसँग कमिसन लिएर उपभोक्ता समितिहरूले कामको जिम्मेवारी सुम्पिने गरिएको छ । उपभोक्ता समिति आफैंले गर्ने काम राम्रो हुने गरेको स्थानीयहरू बताउँछन् । तर अहिले समितिहरू आफैंले काम नगरी कमिशन लिएर ठेकेदारलाई दिंदा कमसल निर्माण कार्य भइरहेको जीराभवानी गापाका सञ्जय चौधरीले बताए ।
निर्मलबस्तीका पूर्वगाविस अध्यक्ष लालबहादुर श्रेष्ठले उपभोक्ता समिति बनाएर काम लिएकाहरूको साइटमा अहिले अनुगमन गर्दा ठेकेदारले काम गरिरहेको पाइएको बताए । आर्थिक वर्षको समाप्तिमा उपभाोक्ता समितिले लिएको काम ठेक्कामार्फत गराउने प्रचलन झनै बढेको छ । अहिले यी क्षेत्रमा हुने गरेका कामहरूको अनुगमन गर्ने हो भने यस्ता थुप्रै प्रमाण फेला पर्ने पूर्वगाविस अध्यक्ष श्रेष्ठले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया