नेपाल भारतबीचका सबै विषय वार्ताबाट समाधान हुनेछन् : राजनाथ सिंह
नयाँ दिल्ली, असार २
नेपालसँगका सबै समस्याको दुई मुलुकबीचको छलफलबाट समाधान खोजिने भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार बताएका छन् । छिमेकी देश नेपालसँग सामाजिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभई ‘धार्मिक’ पनि भएको उनले बताएका हुन् । सीमा सडक संगठन (बोर्डर रोड्स अर्गनाइजेसन)द्वारा ‘कैलाश मानसरोवर यात्राको सुविधाका लागि निर्माण गरिएको सडकलाई लिएर लिपुलेकसम्मको सडकबारे दुई मुलुकबीचको बुझाईमा भिन्नता आएपछि’ सिंहको यो भनाइ आएको हो ।
यो सडक मानसरोबरसम्म जानका लागि बनाइएको ८० किलोमिटर नयाँ मार्ग ‘भारतीय क्षेत्र’मा रहेको दावी सिंहले उत्तराखण्ड जनसम्वाद -यालीलाई भिडियो सम्मेलनमार्फत सम्बोधन गर्ने क्रममा बताएका हुन् । उनले भने, ‘नेपालमा यसबारे बुझाइमा केही गलत धारणा आएका छन् । यसलाई हामीले वार्ताका माध्यमबाट समाधान गर्नेछौँ ।’ उनले थपे, ‘नेपालले चासो व्यक्त गरेजस्तो हामीबीच सामाजिक, भौगोलिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभई हामीबीच धार्मिक सम्बन्ध पनि रहेको छ । भारतले यसलाई कहिल्यै विर्सन सक्दैन ।’
दुई मुलुकबीच ‘रोटी–बेटी’ को सम्बन्ध रहेको र यसलाई ‘विश्वका कुनै शक्ति’ले तोड्न नसक्ने भारतीय रक्षामन्त्रीको दावी रहेको छ । केही दिन पहिले नेपालको प्रतिनिधि सभाले सर्वसम्मतरूपमा पारित गरेको नेपालको नयाँ नक्सालाई मान्यता दिन संविधानको संशोधन गर्ने निर्णयलाई आइतबार राष्ट्रिय सभाले (संसदको माथिल्लो सदन) ले अनुमोदन गरेको थियो ।
नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको छ । उक्त अवसरमा सिंहले भारतीय जनता पार्टी नेतृत्वको उत्तराखण्ड राज्य सरकारले विगत तीन वर्षमा गरेका कामको प्रशंसा गर्दै उत्तराखण्डमा भाजपाले गरेका सबै वाचालाई यसै कार्यकालको अन्त्यसम्ममा पूरा गर्ने प्रतिवद्धता जाहेर गरे ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया