Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारतनहुँ हाइड्रोपावरसँग सम्बन्धित मुुद्दा जितेपछि नेपाल इन्भेष्टमेन्टले पायो पहिलो किस्ता

तनहुँ हाइड्रोपावरसँग सम्बन्धित मुुद्दा जितेपछि नेपाल इन्भेष्टमेन्टले पायो पहिलो किस्ता


काठमाडौं, असार ४
तनहुँ हाइड्रोपावरसँग सम्बन्धित मुद्दा जितेपछि नेपाल इन्भेष्टमेन्ट बैंकले इटालियन बैंकबाट पहिलो किस्ता पाएको छ । बैंकका अनुसार बुुधबार बैंकले पहिलो किस्ता स्वरूप ८७ लाख ४९ हजार युरो दिएको हो । यसबाहेकको बाँकी पैसा पनि सम्भवतः आज नै आइसक्ने बैंकले जानकारी दिएको छ । इन्भेष्टमेन्टले गत साता मात्र इटलीको अदालतबाट तनुुँह हाइड्रोसँग सम्बन्धित दुुई अर्ब रूपैयाँभन्दा बढीको मुुद्दा जितेको थियो । सोहीअनुुसार उक्त रकम फिर्ता आएको बैंकले जनाएको छ । बैंकका अनुसार तनहुँ जलविद्युत् परियोजनामा ठेकेदार कम्पनी मुराटोरी ई केमेन्टिस्टी (सीएमसी) काउन्टर ग्यारेन्टी बसेबापतको अझै नेपाली रूपैयाँ ८५ करोड रूपैयाँ भुक्तानी हुुन बाँकी रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया