एसिडपीडित मुस्कान खातुनलाई तीन लाखको आर्थिक सहयोग
वीरगञ्ज, मंसिर २७
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले एसिडपीडित मुस्कान खातुनलाई तीन लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । काठमाडौँको कीर्तिपुरस्थित वर्ण अस्पतालमा पुगेर नगर प्रमुख सरावगीले मुस्कान खातुनको परिवारलाई उपचारको लागि उक्त आर्थिक सहयोग प्रदान गरेका हुन् । वीरगञ्ज महानगरपालिका कार्यालाद्वारा दुई लाख र नगरप्रमुख सरावगीको तलब भत्ताबाट एक लाख रूपैयाँको चेक सरावगीले बिहीबार प्रदान गरेका हुन् ।
मुस्कान खातुनलाई बुधबार अमेरिकन तथा नेपाली डाक्टरहरूको टोलीले प्लास्टिक सर्जरी अपरेशन गरेको छ । वीरगञ्जको छपकैया निवासी मुस्कान खातुनमाथि एसिड आक्रमण गरेका कारण उनको उपचार तीन महिनादेखि कीर्तिपुर वर्ण अस्पतालमा भइरहेको छ । नगरप्रमुख सरावगी अपस्पतामा पुगेर आर्थिक सहयोग गर्नुका साथै उनलाई अस्पतालमा चाहिने आवश्यक व्यवस्थापन समेतको व्यवस्था मिलाएका छन् ।
मुस्कानलाई अझ आर्थिक सहयोगको अवश्यकता रहेकोले विभिन्न दाताहरूसँग कुरा चलिरहेको बताउदै नगरप्रमुख सरावगीले सबैलाई इच्छुक संस्थाहरूलाई आर्थिक सहयोग गर्न अनुरोध समेत गरे । काठमाडौँमा उपचारार्थ रहेकी मुस्कानको उपचारमा नगर प्रमुख सरावगी सुरुदेखि नै सक्रिय रहँदै आएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी
- संस्थान ध्वस्त, झा मस्त
- प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
- दुग्ध विकास संस्थानमा १५ करोड सहुलियत कर्जाको दुरुपयोग
- स्टिलजन्य सामग्रीमा मूल्यवृद्धि
- निजी क्षेत्र परिचालन र आगामी बजेट
- पर्यटक : एक करोड पुग्न १६ वर्ष लाग्यो
- अनुत्पादक क्षेत्रका लागि ऋण नलिग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया