नाडेप लघुवित्तले १० प्रतिशत बोनस सेयर दिने
काठमाडौँ, असार १५
नाडेप लघुुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाको यही असार ११ गते बसेको सञ्चालक समितिको एक सय १८औं बैठकले उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाका अनुसार संस्थाले गत आवको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी ३६ करोड ८० लाख रूपैयाँमध्येबाट १० प्रतिशतको अनुपातमा तीन करोड ६८ लाख र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १९ लाख ३६ हजार आठ सय ४२ रूपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । १० प्रतिशत बोनस सेयर वितरण गरेपछि संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रूपैयाँ पुग्नेछ ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने संस्थाले जानकारी दिएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सात लाख ३३ हजार आठ सय २० रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ६८ लाख ६१ हजार रूपैयाँ रहेको थियो । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ३६ करोड ७८ लाख ८६ हजार रूपैयाँ निक्षेप संंकलन गरी चार अर्ब १४ करोड सात लाख तीन हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड ९७ लाख ५० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ करोड ३९ लाख तीन हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात आठ दशमलव ४२ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब पाँच करोड ६४ लाख आठ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ६९ करोड ६७ लाख ९७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ७९ लाख एक हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड २८ लाख ५५ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ३८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- अर्थतन्त्रको आकार बढाउन गर्नुपर्ने काम
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया