ग्रामीण विकास लघुुवित्तमा सञ्चालक परिवर्तन
काठमाडौँ, असार १५
ग्रामीण विकास लघुुवित्त वित्तीय संस्थामा सञ्चालक परिवर्तन भएको छ । संस्थाका अनुसार संस्थापक सेयरधनी समुह नेपाल राष्ट्र बैंकको तर्फबाट सञ्चालक समितिमा सञ्चालकरूपमा रहेका वीरेन्द्रदत्त अवस्थीको ठाउँमा नेपाल राष्ट्र बैंकको यही असार नौ गतेको पत्रअनुसार असार १० गते देखि नै लागू हुुनेगरी राजेन्द्र भट्टराईलाई मनोनयन गरिएको हो ।
संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड १२ लाख ९३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १६ करोड ४४ लाख १७ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी ९८ करोड २५ लाख रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब ५८ करोड ५२ लाख छ हजार रूपैयाँ निक्षेप संकलन गरी १० अर्ब ५४ करोड २९ लाख १५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६६ करोड ३३ लाख २२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १८ करोड ४२ लाख ३९ हजार रूपैयाँ रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा तीन अर्ब नौ करोड ४२ लाख ७४ हजार रूपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ६८ करोड ३० लाख चार हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ६६ करोड ५३ लाख २० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौ करोड ११ लाख २५ हजार रूपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
- समसामयिक राजनीतिक व्यङ्ग्य
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया