संक्रमित भेटिएपछि आइतबारदेखि बेइजिङ नजिकका क्षेत्रमा आवागमनमा कडाइ
चीन, असार १५
कोरोनाभाइरस संक्रमणको नयाँ लहरपछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसङ्ख्या रहेको क्षेत्र, आङसिन काउन्टीमा आइतबारदेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ । चिनियाँ अधिकारीले संक्रमणलाई नियन्त्रणमा ल्याएसँगै छिट्टै लकडाउनलाई हटाइने बताएका छन् । चीनले पहिलो चरणमा कोभिड–१९ संक्रमित विरामीलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमा नै संक्रमण फैलिएको आशंकामा बेइजिङ् नजिकैको सिनफादी क्षेत्रका बस्तीहरूलाई बन्द गरी संक्रमण परीक्षण गरेको थियो ।
चीनको राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा पछिल्लो समय पुनः संक्रमण देखिन थालेपछि सरकारले स्थानीय वस्तीहरूलाई अन्य क्षेत्रसँगको सम्पर्कलाई बन्द गरेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार बेइजिङबाट करिब १५० किलोमिटर टाढा अवस्थित आङसिन काउन्टीमा सयौँको सङ्ख्यामा संक्रमित भेटिएपछि त्यस क्षेत्रलाई पूर्ण बन्द गरी संक्रमण फैलिन नदिने प्रयास भएको हो ।
सरकारले उक्त क्षेत्रमा परिवारबाट एक सदस्यलाई मात्र दिनमा एक पटक खाद्यान्न तथा औषधिजस्ता अतिआवश्यक वस्तु किन्न बाहिर निस्कने अनुमति दिई परीक्षण र उपचारलाई तीव्र पार्नलागेको छ, आङसीको महामारी रोकथाम कार्य दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बेइजिङमा विगत २४ घण्टामा थप १४ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि उक्त कदम चालिएको हो । यससँगै मध्य जुनदेखि बेइजिङ र वरपरका क्षेत्रमा संक्रमित हुनेको सङ्ख्या ३११ पुगेको बताइएको छ । राजधानी बेइजिङस्थित होलसेल बजार, रेष्टुरेन्ट, तथा सम्भावित बस्तीमा गत हप्ता परीक्षणलाई व्यापकता दिइएको थियो ।
परीक्षण तथा रोकथामका उपायलाई प्रभावकारी बनाउने धारणा राख्दै बेइजिङ शहरका अधिकारी सु हेचियानले भन्नुभयो, “संक्रमितको सङ्ख्या भेटिने क्रम जारी रहेकोले हामीलाई ढुक्क भएर बस्ने अवस्था अझै आएको छैन ।’ संक्रमण फैलिन नदिन संक्रमित क्षेत्रका बासिन्दालाई सहर छोडेर अन्यत्र नजान, विद्यालयहरू बन्द गर्न भनिएको छ भने दर्जनौँ आवासीय क्षेत्रका भवन परिसरहरूलाई बन्द गरिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया