काठमाडौं, असार १९
नेपाल वायुसेवा निगमले शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान अफ्रिकन मुलुकमा चार्टर्ड उडान गर्ने भएको छ । निगमले नेपाली सैनिकलाई संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा लैजानचार्टर्ड उडान गर्ने जनाएको छ । निगमको बजार विविधीकरणको योजनाअनुरुप संयुक्त राष्ट्रसंघको सेन्ट्रल अफ्रिकन रिपब्लिकन र मलिको मिनुसामा नेपाली सेनालाई लैजाने सम्बन्धमा निगम र नेपाली सेनाका उच्च अधिकारीबीच बिहीबार सम्झौता भएको हो ।
सम्झौतानुसार मिसनका लागि खटिने नेपाली सेनालाई आगामी असार २४ गते अर्थात जुलाई ८ तारिखमा वाइड बडी जहाजमार्फत अफ्रिकन रिपब्लिक र माली लगिनेछ । निगमको वाइडबडी जहाज काठमाडौँबाट कतारको दोहामा प्राविधिक उडान गर्दै त्यहाँबाट सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्ने जनाइएको छ । सोही जहाजबाट शान्ति मिसनमा रहेका ती मुलुकबाट सैनिक स्वदेश फर्काइनेछ । नयाँ गन्तव्यको चार्टर्ड उडानलाई कम्पनीले चुनौती र अवसर दुवैरुपमा लिएको निगमले जनाएको छ । निगमले जुन १२ तारिख र त्यसपछि हुने दक्षिणी सुडानलगायत गन्तव्यको उडान तालिका छिट्टै निर्धारण हुने उल्लेख गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता
- आइएमई लाइफको खुद मुनाफा ३३ करोड नाघ्यो
- बागमती सिँचाइ आयोजना ब्यारेजको तीन दशकपछि जीर्णाेद्धार
- गोर्खाज फाइनान्सका अध्यक्षको सपथ
- सन नेपाल लाइफको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट
- समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट
- सेल्सवेरीका नयाँ दुई शाखा
- औद्योगिक जोखिम नियन्त्रण र प्रतिकार्य अभिमुखीकरण कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया