सोलुखुम्बुमा सरकारवादी फौजदारी मुद्दाको चाप बढ्यो
महेन्द्र शाही
सोलुखुम्बु, असार २६
हिमाली जिल्ला सोलुखुम्बुमा सरकारवादी फौजदारी मुद्दाको चाप बढेको भएको छ । लकडाउनमा अन्य जिल्लाको तुलनामा सोलुखुम्बुमा सरकारवादी फौजदारी मुद्दाको चाप बढी देखिएको हो । चैत ११ गतेदेखि हालसम्म ओखलढुंगा र खोटाङको तुलनामा सोलुखुम्बुमा मुद्दाको चाप बढी देखिएको छ । करिब साढे तीन महिनाभित्र ओखलढुंगामा १० र खोटाङमा १९ वटा मुद्दा दर्ता हुँदा सोलुखुम्बुमा २५ वटा मुद्दा दर्ता भएका छन् ।
लकडाउनपछि सोलुखुम्बु जिल्ला अदालतमा दर्ता भएका सरकारी फौजदारी मुद्दामध्ये सबैभन्दा बढी जबरजस्ती करणीको छवटा मुद्दा रहेको स्रेस्तेदार मोहन घिमिरेले जानकारी दिए । यता खोटाङमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै कर्तव्य ज्यानसम्बन्धी छवटा रहेकोे जिल्ला अदालतका मुद्दा दर्ता शाखाका कर्मचारी मनोज खतिवडाले जानकारी दिए । त्यस्तै ओखलढुंगामा यो अवधिमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी चारवटा जबर्जस्ती करणीको मुद्दा रहेको अदालतका नायब सुब्बा शान्त कुमार बस्नेतले बताए ।
लकडाउन सुरु भएसँगै सरकारवादी फौजदारी मुद्दाबाहेक अन्य मुद्दा नलिने सर्वोच्चले निर्णय गरेको थियो । लकडाउनमा पहाडी जिल्लालगायत तराईका जिल्लाहरुमा समेत सरकारवादी फौजदारी मुद्दाहरु घट्दो क्रममा रहे पनि सोलुखुम्बुमा भने बढ्दो क्रममा रहेको जिल्ला न्यायाधीश महेन्द्रराज काफ्लेले बताए । छिमेकी जिल्ला ओखलढुंगा, खोटाङमा लकडाउनमा मुद्दा दर्ता हुने क्रम घटिरहँदा सोलुखुम्बुमा भने मुद्दाको अत्याधिक बढेको उनको भनाइ छ । लकडाउनको समयमा मादक पर्दाथको प्रयोग अत्यधिक हुनु, व्यक्तिहरु बढी फुर्सदिलो हुनुलगायतका कारणहरुले घटना बढेको हुनसक्ने उनको अनुमान छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया