आशिष बहादुर सिंह
बझाड., असार २८
ह्युमानिटी फाउन्डेसन नेपाल र सुदूरपश्चिमेली नेपाली समाजले मल्लेसी गाउँका पहिरोपीडितलाई राहत वितरण गरेको छ । असार १९ गते राती आएको अविरल बर्षाका कारण केदारस्यु गाउँपालिका वडा न ८ मल्लेसी गाउँका १९ परिवारका घरविहीन भई सात जनाको ज्यान गएको थियो ।
ह्युमानिटी फाउन्डेसन नेपाल बझाङका सदस्य बसन्त प्रताप सिंहको पहलमा अमेरिकामा बस्दै आएका नेपालीले मल्लेसी गाउँका पहिरोपीडितलाई राहत उपलब्ध गराएका हुन् । २२ परिवारलाई खाद्यान्न, साबुनलगायतका सामान वितरण गरिएको हो । संस्थाले प्रत्येक परिवारलाई १ क्विन्टल चामल, ५ किलो दाल, ३ लिटर तेल, ३ किलो नुन, कपडा धुने तथा नुहाउने साबुन वितरण गरेको छ । त्यस्तै सुदूरपश्चिमेली नेपाली समाजले पनि प्रत्येक परिवारलाई ५० किलो चामल, दुई जोर कपडा, खाना पकाउने भाडाकुडा, नुन, तेललगायतका राहत सामग्री वितरण गरेको छ ।
गाउँपालिका अध्यक्ष इन्द्र भन्डारी, उपाअध्यक्ष निशा धामी, वडा अध्यक्ष गणेश बोहरा मार्फत पहिरो पिडीतका परिवारलाई सुदुरश्चिमेली नेपाली समाजका चेतन थापा र ज्ञानेन्द्र सिंहले राहत हस्तान्तरण गरेका हुन् । यस्तै सुदूरपश्चिमेली नेपाली समाजले सुदूरपश्चिमका जनताको दुःख पीडामा सधैँसाथ दिँदै आइरहेको जानकारी दिए अझै १ लाख नगद गाउँपालिकाको जिम्मा लगाउने थापाले बताए । तत्काल खानलाई राहत उपलब्ध भएकोले अब स्थानीय, प्रदेश र केन्द्र सरकारले बस्ने व्यवस्था गरिदिनुपर्ने पीडितको माग छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया