अव्यवस्थित सडक निर्माणले वर्षायाममा पहिरो, खेतीयोग्य जमिनको विनाश
सुबास बस्नेत
दोलखा, असार २८
स्थानीय सरकारले हरेक वर्ष दर्जनौंको संख्यामा अव्यवस्थित रुपमा नयाँ सडक निर्माण गर्दा गाउँमा पहिरोको जोखिम बढेको छ । जिल्लामा हरेक वर्ष निर्माण भएका अव्यवस्थित ग्रामीण सडकले पहिरोको जोखिम बढाउने तथा खेतीयोग्य जमिन बगाउने गरेको किसानहरुको गुनासो छ ।
हचुवाको भरमा विना प्राविधिक, विना सर्वे निर्माण हुने सडकले वर्षायाममा धेरै मानिसको खेतीयोग्य जमिन बगाउने गरेको छ । स्थानीय सरकारका जनप्रतिनिधिले आफूखुसी सडक निर्माण गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयमा हरेक वर्ष सडक निर्माणसम्बन्धी मुद्दा चल्ने गरेको छ । प्राविधिकको डिजाइन बिना बजेट सकाउने उदेश्यले निर्माण गरेका अस्थायी सडकका कारण जिल्लाभर सयौं मानिस पीडित बनेका छन् । नौ स्थानीय तह रहेको दोलखा जिल्लामा केन्द्र, प्रदेश तथा स्थानीय सरकार हुँदै आउने बजेटको ५० प्रतिशत बजेट सडक निर्माणमा खर्च हुने गरेको छ ।
अन्य संरचना निर्माणभन्दा सडक निर्माणले पहिरो तथा भूक्षयको जोखिम बढाउने गरेको सडक डिभिजन कार्यालयका प्राविधिकहरुको भनाई छ । दोलखाका स्थानीय निकायका जिम्मेवार व्यक्तिले आफ्नो तहमा सडक निर्माण गरेर बजेट सकाउने प्रविधि वर्षेनी बढ्दै गएको छ । अधिकांश स्थानीय सरकारले आफ्नो तहलाई विकसित साबित गर्न विना सर्वे, विना प्राविधिक सडक खन्ने गरेका छन् । जसले गर्दा जिल्लाका अधिकांश स्थानीय तहमा सडक निर्माणकै कारण सडक आसपासका बस्तीमा पहिरोको उच्च जोखिममा परेका छन् । प्राविधिकको डिजाइनविपरीत निर्माण भएको सडकका कारण एकातिर जिल्लामा वर्षेनी सयौंको संख्या सवारी दुर्घटना हुने गरेका छन् भने अर्कोतिर दर्जनौं मानिस बाढिपहिरोको शिकार हुने गरेका छन् ।
स्थानीय तहले निर्माण गरेका कच्ची सडक हिउँदमा धूलाम्मेदेखि वर्षात्मा हिलाम्मे हुने गरेका छन् । प्राविधिकको सर्वेविना निर्माण भएका सडकको वर्षात्मा नामनिशान समेत मेटिने गरेको मेलुङ गाउँपालिका स्थानीय सवारी चालक कृष्ण तामाङले बताए । लाखौं खर्च गरेर निर्माण गरेको सडक वर्षात्को भेलले सडकसँगै खेतीयोग्य जमिन समेत बगाउने गरेको उनले बताए । दर्जनौँ मानिसको सयौँ रोपनी खेतीयोग्य जमिनमा बाढी पहिरो लाग्ने गरेको दोलखा स्थानीयको गुनासो रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया