Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोनाका कारण विदेशबाट फर्किएका महिलाहरुको व्यवस्थापन गर्न रणनीतिक कार्यक्रम ल्याइने

कोरोनाका कारण विदेशबाट फर्किएका महिलाहरुको व्यवस्थापन गर्न रणनीतिक कार्यक्रम ल्याइने


काठमाडौं, असार २८
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाईरसका कारण विदेशबाट फर्किएका महिलाहरुको उचित व्यवस्थापनका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन खालका रणनितिक कार्यक्रम ल्याउने तयारी भईरहेको बताएका छन् ।

गैरआवासीय नेपाली संघ, युकेद्धारा शनिबार आयोजित ‘कोभिड–१९ ले नेपाली महिलाहरुमा पारेको प्रभाव’ विषयक ‘भर्चुअल’ बैठकमा बोल्दै उनले नेपाली महिलाहरुले स्वदेश तथा विदेशमा भोग्नु परेका समस्या समाधानका लागि महिलाहरुलाई ‘उद्यमशीलता र उत्पादन’मा जोडने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरिएको पनि जानकारी दिए । साथै उनले कोरोना भाईरसका कारण स्वदेश फर्किएका महिलाहरुको पीडालाई सम्बोधन हुने गरी सहयोग गर्ने संघ, संस्थाहरुलाई सरकारले पुरस्कारसहितको सम्मान गर्ने पनि बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x