Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनिर्माणसम्पन्न भएको एक महिना नबित्दै जोखिममा दिप्लीको बेलिब्रिज

निर्माणसम्पन्न भएको एक महिना नबित्दै जोखिममा दिप्लीको बेलिब्रिज


महेन्द्र शाही
सोलुखुम्ब, असार २९
सोलुखुम्बुको थुलुङ दूधकोशी र सोताङ गाउँपालिका जोड्न दिप्लीघाटमा निर्माण भएको बेलिब्रिज निर्माणसम्पन्न भएको एक महिना बित्न नपाउँदै जोखिममा परेको छ । दूधकोशीमा बढेको पानीको वहावले ग्याभिन पर्खाल भत्किँदा बेलिब्रिज जोखिममा परेको हो । निरन्तरको वर्षाले पुलको ग्याभिङ वाल भत्काएको हो । निर्माण गर्ने क्रममा बीचबाट मात्रै ग्याभिङ भरेको कारण पानीले जगको माटो बगाउँदा ग्याभिङ जाली भत्किएको निर्माण कम्पनीका दुर्गा राईले बताए । निर्माणको जिम्मा पाएको निश्चल निशानी सेवाले गाउँपालिकाको स्टिमेटअनुसार नै काम गरेको दाबी समेत गरेको छ ।

तर पुल एक वर्षात्मा नै जोखिममा परेको स्थानीयको भनाइ छ । जगमा ग्याभिन राख्नुको सट्टा माटो मात्र प्रयोग गर्दा जोखिम बढेको सोताङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर राईले बताए । प्राविधिकसहितको टोलीले अनुगमन गरेकाले पुनः तारजाली भर्ने काम सुरु गर्ने अध्यक्ष राईले बताए । यो बेलिब्रिज उद्घाटन समेत गरिएको छैन । कोशीपारिका दुई स्थानीय तहका लागि मेरुदण्डका रुपमा रहेको यो पुल बनेपछि खुसी भएका स्थानीय उद्घाटन नहुँदै भत्किन थालेपछि निराश बनेका छन् ।

पुल छिटो सकाउने ध्याउन्नमा कमसल तरिकाले काम गरेको हो कि भन्ने आसंका पनि व्यक्त गरिएको छ । २०७५ चैत १९ गते बेलिब्रिज निर्माणका लागि महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकाबीच सम्झौता भएको थियो । निर्माणका लागि प्रदेश १ सरकारको ४६ लाख महाकुलुङको ५० लाख र सोताङ गाउँपालिकाको १ करोड बजेट खर्च भएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x