Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रेम–पूर्ण–प्रताप फाउन्डेसनको आयोजनामा रक्तदान

प्रेम–पूर्ण–प्रताप फाउन्डेसनको आयोजनामा रक्तदान


काठमाडौं, साउन १९
प्रेम–पूर्ण–प्रताप फाउन्डेसनले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । दोलखाको सदरमुकाम चरिकोटमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको फाउन्डेसन दोलखाका कार्यबाहक अध्यक्ष राजन बस्नेतले जानकारी दिए । फाउन्डेसनको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको समन्वयमा कोभिड १९ को कारण रगत अभाव नहोस् भन्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको बताईएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको बताए । रक्तदान गर्दा केही रोगको परीक्षण गरिने हुँदा आफूमा स्वास्थ्यको सतर्कता रहन समेत मद्दत पुग्ने उनको भनाइ छ ।

फाउन्डेसनका संरक्षक पद्मा प्रधानले आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला नपरेको बताउँदै ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन नसकिरहेको परिस्थितिमा रक्तदान आवश्यक रहेको बताइन् । कार्यक्रममा विभिन्न सामाजिक संघ/संस्थाका प्रतिनिधीहरुले रक्तदान गरेका थिए । फाउन्डेसनले विभिन्न किसिमको सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x