स्रोत नखुलेको रकमसहित संरक्षण अधिकृत पक्राउ
काठमाडौं, साउन २०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको आठ लाख ९८ हजार रकमसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायालाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा२झ १८७३ नं.को गाडीमा यात्रा गरिरहेका भन्ने सूचनाका आधारमा उनीहरूलाई सोमबार पक्राउ गरिएको हो ।
आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, पाँच लाख ५० हजार गरी कुल आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देहीबाट पक्राउ गरिएको हो । आरोपीद्वयको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया