Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकका दुुई नयाँ एक्स्टेन्सन काउन्टर

लक्ष्मी बैंकका दुुई नयाँ एक्स्टेन्सन काउन्टर


काठमाडौं, साउन ३०
लक्ष्मी बैंकले थप दुुईवटा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो छैटौँ र सातौँ एक्स्टेन्सन काउन्टर दोलखा जिल्लामा स्थापना गरेको हो । बैंकका अनुसार छैटौं एक्स्टेन्सन काउन्टर दोलखा जिल्लाको तामाकोशी गाँउपालिका–वडा न. ३, जाफेमा स्थापना भएको हो भने सातौं एक्स्टेन्सन काउन्टर कालिञ्चोक गाँउपालिका–वडा न. ८, सुनखानीमा रहेको छ । बैकको यी दुुईवटा नयाँ एक्स्टेन्सन काउन्टरका स्थापनाको साथै सञ्जाल ४८ जिल्लामा एक सय २१ शाखा, सातवटा एक्स्टेन्सन काउन्टर, चारवटा हस्पिटल सेवा काउन्टर, एक सय ५१ एटीएम, २५ सयभन्दा बढि रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया