विशाल क्षुद्रग्रह ४४ हजार किमि प्रतिघण्टा गतिमा पृथ्वीको नजिक आउँदै
अमेरिका, पुस ८
एक विशाल क्षुद्रग्रहले आगामी बिहीबार पृथ्वीको नजिक भएर तीव्र गतिमा अन्तरिक्ष यात्रा गर्ने भएको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार विशाल अन्तरिक्ष चट्टान ६ सय २० मिटरको रहेको छ । यस्ता कैयौँ क्षुद्रग्रहहरु पृथ्वीको नजिक हुँदै जाने गरेका छन् । त्यसरी क्षुद्रग्रह आउँदा नासाले हरेकचोटि जानकारी दिने गरेको छ ।
कतिपय अवस्थामा त एकै दिन धेरै यस्ता क्षुद्रग्रहहरु पृथ्वीनजिक भएर जाने गरेका छन् । गत नोभेम्बर १ तारिखमा पनि यस्तै विशाल क्षुद्रग्रह पृथ्वीको नजिकै आएर गएको थियो । यसले पृथ्वीमा कुनै नोक्सानी गरेको थिएन । नासाका अनुसार उक्त क्षुद्रग्रहले पृथ्वीसँग नजिक भएर अन्तरिक्ष यात्रा गर्नेछ । यस क्षुद्रग्रहको नाम नासाले २०००सीएच५९ दिएको छ ।
सन् २००० मा पहिलोपटक पत्ता लागेका कारण यसको नाम २०००सीएच५९ दिइएको हो । यो करिब ९१९ फिटदेखि २ हजार ३४ फिटसम्मको रहेको छ । वैज्ञानिकहरुले उक्त क्षुद्रग्रह १ हजार ६३ फिटको आईफल टावर र १ हजार ४ सय ५३ फिटको एम्पायर स्टेट बिल्डिङभन्दा ठूलो रहेको बताएका छन् ।
नासाका अनुसार यसको गति ४४ हजार १ सय ७२ किमि प्रतिघण्टा हुनेछ । यो क्षुद्रग्रहले पृथ्वीभन्दा ७२ लाख ९१ हजार ४ सय किमि माथिबाट आफ्नो यात्रा गर्नेछ । यो भनेको चन्द्रमासँगको दूरीभन्दा १९ गुणा टाढा हो । सोही कारण यसले पृथ्वीलाई कुनै नोक्सानी नपु-याउने बताइएको छ । तर खगोलशास्त्रीहरुको भनाइमा भने यो पृथ्वीको धेरै नै नजिकको दूरी हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया